Headline

फोसबर्गको पेनाल्टी गोलमा स्वीडेनको स्लोभाकिया माथि जित

Published

on

एमिल फोसबर्गले पेनाल्टीमा कुनै गल्ती नगर्दा स्विडेनले स्लोभाकियालाई १-० ले हराएको छ । रसियामा भएको खेलमा पहिलो र दोस्रो दुवै हाफहरु गरी कुल १ हजार बढी पास खेलिएको थियो ।

पहिलो हाफमा बल पोजेसन दुवै टोलीको उत्कृष्ट रहेको थियो तर फिनिसिङमा चुक्दा दुवै टोलीले पहिलो हाफमा गोल गर्न सकेका थिएनन् । 20 औँ मिनेटमा मारेक हाम्सिकले गरेको प्रहार पोस्ट माथिबाट बाहिरिएको थियो ।

दोस्रो हाफमा भने दुवै टोलीका गोलरक्षकहरुले केही उत्कृष्ट बचाउहरु गरेका थिए । ५८ औँ मिनेटमा एलेक्ससान्डर इसाकको प्रहारलाई स्लोभाकियाका गोलरक्षक मार्टिन डुब्रव्काले बचाएका थिए । डुब्रव्काले फेरी ६१ औँ मिनेटमा अर्को उत्कृष्ट बचाउ गरेका थिए ।

तर, ७७ औँ मिनेटमा भने डुब्रव्काको गल्तीले स्विडेनले पेनाल्टी पाएको थियो । जहाँ फोसब्रग चुकेनन् र स्विडेनलाई युरो २०२० को पहिलो जित दिलाए ।

स्विडेनले जित सहित ६ खेलमा लगतार क्लिनशिट राखेको छ । समुह ‘ई’ मा रहेको स्विडेन ४ अंक सहित शिर्ष स्थानमा रहेको छ । जित पछि स्विडेन पहिलो पटक २००४ पछि युरोको अन्तिम १६ मा पुग्ने संघारमा छ ।

आजै हुने अन्य खेलहरुमा क्रोएसियाले चेक रिपब्लिक र इङ्ल्याण्डले स्कटल्याण्डको सामना गर्दै छ ।

Click to comment

Trending