अन्तर्राष्ट्रिय

वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनल – भारत र न्युजिल्यान्ड बीचको पहिलो दिन रद्द   

Published

on

भारत र न्युजिल्यान्डबीचको वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलको पहिलो दिन वर्षाका कारण रद्द भएको छ । लगातार रुपमा वर्षा भए पछि टस पनि हुन सकेन । 

खेल नेपाली समय अनुसार इंग्ल्यान्डको साउथह्याटनमा ३:१५ बजे सुरु हुने भए पनि अहिले सम्म लगातार पानी परिरहेको छ भने मैदानमा पनि पानी जमेको छ । जसका कारण म्याच अफिसियलहरूले आजको खेल रद्द गर्ने निर्णय गरेका हुन् ।  

आजको दिनमा खेल हुन नसके पछि भारत र न्युजिल्यान्डले टेस्ट च्याम्पियनसिपमा अर्को पाँच नै खेल्ने छन् । आईसीसीले यस अघि नै अतिरिक्त एक दिन रिजर्भ डे राखेको थियो ।   

पहिलो पटक भएको टेष्ट च्याम्पियनसिपमा टेस्ट मान्यता प्राप्त उत्कृष्ट नौ राष्ट्रले दुई वर्षसम्म लिग खेल खेलेका थिए । उक्त लिगमा भारत शीर्ष र न्युजिल्यान्ड दोस्रो स्थान हात पार्दै फाइनलको यात्रा तय गरेका हुन् । 

वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि हात पार्ने टोलीले १६ लाख तथा दोश्रो हुने टोलीले आठ लाख प्राप्त गर्नेछन् । त्यस्तै वर्षाका कारण खेल रद्द भएको खण्डमा अथवा टेस्ट ड्र भएको खण्डमा दुबै टोलीलाई संयुक्त विजेता घोषणा गरिने आईसीसीले जनाएको छ ।

   

 

 

Click to comment

Trending