Headline

राजस्थान रोयल्स फास्ट बलर सिद्धार्थ त्रिवेदी अमेरिकाबाट क्रिकेट खेल्ने

Published

on

भारतीय क्रिकेटमा नाम कहलिएर पनि जम्न नसकेकाहरु अहिले देश परिवर्तन गर्दै अमेरिकाको लागि खेल्ने लहर चल्दै आएको छ । केही दिन अघि २०१२ का अण्डर १९ बिश्वकप बिजेता स्मित पटेलले भारतीय सिनियर टोलीमा भविष्य नदेखेपछि वेष्ट इण्डिज र अमेरिकाको लागि खेल्ने प्रयासमा लागेका थिए ।

यो सुचीमा अहिले अर्को एउटा ठूलो नाम पनि थपिएको छ । इण्डियन प्रिमियर लिग टोली राजस्थान रोयल्सका पुर्व तिब्र गतिका बलर सिद्धार्थ त्रिवेदीले पनि पटेललाई नै अनुशरण गरेका छन् ।

पछिल्लो एक महिना देखि त्रिवेदी अमेरिकामै रहेका छन् भने त्यहाको माइनर क्रिकेट लिगमा सेन्ट लुइस अमेरिकन्सका लागि खेल्ने भएका छन् । अमेरिकन क्रिकेट एकेडिम एण्ड क्लबको टोली सेन्ट लुइसका लागि प्रशिक्षक र खेलाडीको रुपमा खेल्ने प्रयासमा त्रिवेदी रहेका छन् ।

भारतको प्रथम श्रेणीको क्रिकेट रणजी ट्रफिमा गुजरातका लागि खेलेका त्रिवेदीले भारतीय टोलीमा आफ्नो स्थानको सम्भावना नदेखेपछि उनी अमेरिका तिर लागेका हुन् ।

गुजरातलाई बलियो रणजी टोली बनाउन त्रिवेदीले प्रमुख भुमिका खेलेका थिए । यसअघि अमेरिकामा उनले दुई बर्ष अघि एटलान्टा प्रिमियर लिग पनि खेलेका थिए । पहिलो पटक अमेरिका गएको लामो समय भइसकेका त्रिवेदीले एक बर्ष भित्रै अमेरिकाको लागि क्रिकेट खेल्न सक्छन् ।

आईसिसिले कुनै पनि देशमा दुई बर्ष देखि रहेका र त्यहाकै नागरिकता रहेकालाई अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिनीधित्व गर्न अनुमति दिने गरेको छ ।

पछिल्लो केही समय अन्य देशका प्रमुख खेलाडहिरु नै अमेरिकाको लागि खेल्ने तैयारीमा उतै सेटल हुंदै आइरहेका छन् । न्युजिल्याण्डका आक्रमक ब्याट्स्म्यान कोरि एण्डरसन यी मध्येका सबैभन्दा ठूला नाम हुन् ।

Click to comment

Trending