Headline

एकदिवसीय क्रिकेटबाट केभिन ओ ब्रायनको सन्यास

Published

on

आयरल्याण्डका अल-राउण्डर केभिन ओ ब्रायनले शुक्रबार आफुले एकदिवसीय क्रिकेटबाट सन्यास लिएको बताएका छन् ।

आयरल्याण्ड स्टार केभिन ओ ब्रायनले टि-२० मा धेरै ध्यान दिनका लागि आफुले ५० ओभरको क्रिकेटबाट सन्यास लिएको बताए । तीन टेस्ट खेलिसकेका उनले टेस्टका लागि पनि आफु तयार हुनका लागि यो निर्णयले ठुलो भूमिका खेल्ने जनाए ।

“१५ वर्ष आयरल्याण्डका लागि क्रिकेट खेले पछि मलाई एकदिवसीय क्रिकेटबाट सन्यास लिने यही सही समय हो जस्तो लाग्छ । मैले मेरो देशको लागि १५३ खेल खेले र त्यो मेरो लागि सधैं सम्झनामा रहिरहने छ,” ओ ब्रायनले आफ्नो बिज्ञप्तीमा लेखेका छन् ।

” यो मेरो लागि सहज निर्णय त थिएन तर पनि मलाई पहिले जस्तो मेरो टोलीका लागि खेल्न सक्छु जस्तो लाग्दैन । ५० ओभरको खेलहरुका लागि पहिले जस्तो माया पनि छैन र हाम्रा खेलाडी र समर्थकलाई मैले शत प्रतिशत दिन नसक्ने भएका कारण निराश बनाउन हुँदैन,” उनले थपे ।

३७ वर्षिय ओ ब्रायन आफ्नो देशका लागि १५३ ओडीआई खेलेका छन् । जहाँ उनले ३ हजार ६ सय १८ रन प्रहार गरेका छन् । ओ ब्रायन आयरल्याण्डका लागि सर्वाधिक रन बनाउने खेलाडी समेत हुन् । उनी आयरल्याण्डका लागि ११४ विकेट सहित सार्वधिक विकेट लिने खेलाडी पनि हुन् ।

“२००६ देखी यो टोलीमा मेरो धेरै यादहरु रहेका छन् । त्यी मद्धे तीन विश्वकप मेरा निकै मन पर्ने याद हुने छन् । अब मेरो ध्यान १८ महिना भित्र हुने दुई विश्वकपमा रहने छन् । साथै, मेरो तीन टेस्ट क्यापहरु अझै बढाउने मेरो चाहना छ । अब मेरो मुख्य ध्यान भएन्को टि-२० र टेस्ट नै हुन्,” उनले भने ।

उनले २०११ मा इङ्ल्याण्ड विरुद्ध विश्वकपमा खेलेको ११३ रनको इनिङ सबैको दिल र दिमागमा रहेको छ । उनले त्यो खेलमा मात्रै ५० बलमा शतक प्रहार गरेका थिए र त्यो इनिङ अहिले पनि विश्वकपमा प्रहार गरिएको सबै भन्दा तिब्र गतिको शतकको रुपमा रहेको छ ।

Click to comment

Trending