Headline

नेपालले स्पेन टुरका लागि २० जनालाई बन्द प्रशिक्षणमा बोलायो

Published

on

नेपाल क्रिकेट संघले अगामी जुलाई तेश्रो साता स्पेनका लागि तय भएको आईसीसी बिश्वकप क्रिकेट लिग टु त्रिकोणात्मक श्रृंखलाका लागि २० जना खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ ।

नेपालले आफ्नो दोश्रो श्रृंखला अन्तर्गत स्पेनको डेजर्ट स्प्रिंगस क्रिकेट ग्राउण्डमा स्कटल्याण्ड र नामिबियाबिरुद्ध खेल्न गइरहेको छ । श्रृंखलकोलागि बन्द प्रशिक्षणमा भेटेरान ब्याट्स्म्यान शरद भेषावकरलाई पनि स्थान दिइएको छ ।

यस्तै दुई एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका प्रिथु बास्कोटालाई पनि बन्द प्रशिक्षणका लागि बोलाइएको छ ।

अन्य खेलाडीहरुमा पवन शर्राफ, बिक्रम सोब, साहब आलम, सुशन भारी श्रेष्ठ, सन्दिप जोरा, कमल सिंह ऐरी, अविनाश बोहोरा, सोमपाल कामी रहेका छन् ।

यसअघि नेपालमै भएको ट्राइ नेशन ट्वान्टी ट्वान्टी श्रृंखलामा सहभागी खेलाडीहरुको बाहुल्यता एकदिवसीय टोलीको क्याम्पमा रहेको छ । कप्तान ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, आशिफ शेख, पारस खड्का, दिपेन्द्र सिंह ऐरि, कुशल मल्ल, बिनोद भण्डारी, करण केसी र सन्दिप लामिछानेले बन्द प्रशिक्षणमा रहेका छन् ।

चोटका कारण पुर्व कप्तान पारस खड्काले नेपालमा ट्वान्टी ट्वान्टी श्रृंखला खेलेका थिएनन् । नेपाल केही साता त्रिवि मैदानमा प्रशिक्षण गर्ने योजना बनाएको छ । बैदेशिक भ्रमण गर्ने योजनामा रहेको नेपालको अन्य तैयारीका बारे स्पष्ट भइसकेको छैन ।

हाल कोभिडका कारण आईसिसिले १८ जना खेलाडीसम्म लान मिल्ने व्यवस्था बनाएको छ ।

Click to comment

Trending