लेख

भारत र न्युजिल्यान्ड बीचको फाइनलमा वर्षा बाधक  

Published

on

भारत र न्युजिल्यान्डबीचको वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा वर्षा बाधक बनेको छ । वर्षाका कारण अहिले सम्म टस पनि हुन सकेको छैन । 

 खेल नेपाली समय अनुसार इंग्ल्यान्डको साउथह्याटनमा ३:१५ बजे सुरु हुने भए पनि लगातार पानी परिरहेको छ भने मैदानमा पनि पानी जमेको छ । जसका कारण खेल तत्काल सुरु हुने सम्भावना पनि न्यून रहेको छ । 

पहिलो पटक भएको टेष्ट च्याम्पियनसिपमा टेस्ट मान्यता प्राप्त उत्कृष्ट नौ राष्ट्रले दुई वर्षसम्म लिग खेल खेलेका थिए । उक्त लिगमा भारत शीर्ष र न्युजिल्यान्ड दोस्रो स्थान हात पार्दै फाइनलको यात्रा तय गरेका हुन् । 

टेस्टको विश्वकपको रुपमा रहेको यस प्रतियोगिताको उपाधिको लागि भारतको कप्तानी विराट कोहलीले तथा न्युजिल्यान्डको कप्तानी केन विलियमसनले गर्दैछन् ।

भारतले न्युजिल्यान्डले सन् २०१६ देखि अहिले सम्म एक आपसमा पाँच खेल खेलेका छन् । जस मध्य भारतले तीन तथा न्युजिल्यान्डले दुई खेलमा जित हात पारेका थिए । पछिल्लो दुई खेलमा न्युजिल्यान्डले भारतलाई पराजित गरेको थियो । गत वर्षको सुरुवातमा भारतले टेस्ट च्याम्पियनसिपको लागि न्युजिल्यान्डको भ्रमण गर्दा दुई खेलको शृंखलामा २-० को हारको सामना गरेको थियो ।

आईसीसीले फाइनलका लागि चार हजार समर्थकलाई रंगशालामा प्रवेस दिने पनि जनाएको छ ।      

वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि हात पार्ने टोलीले १६ लाख तथा दोश्रो हुने टोलीले आठ लाख प्राप्त गर्नेछन् । त्यस्तै वर्षाका कारण खेल रद्द भएको खण्डमा अथवा टेस्ट ड्र भएको खण्डमा दुबै टोलीलाई संयुक्त विजेता घोषणा गरिने आईसीसीले जनाएको छ ।

Click to comment

Trending