Euro 2020

इङ्ल्याण्ड र स्कटल्याण्ड २५ वर्ष पछि युरोमा भिड्दै

Published

on

युरोको समुह चरण अन्तर्गत दोस्रो चरणका खेलहरुमा शुक्रबार तीन खेल हुँदै छन् । पहिलो खेलमा स्लोभाकियाले स्विडेन विरुद्ध खेल्दै छ । दोस्रो खेलमा क्रोएसियाले चेक रिपब्लिकको सामना गर्दा अन्तिम खेलमा इङ्ल्याण्डले चिरप्रतिद्वन्धी स्कटल्याण्डको सामना गर्दै छ ।

स्विडेन भर्सेस स्लोभाकिया

आफ्नो पहिलो खेलमा स्पेनलाई गोलरहित बराबरीमा रोकेको स्विडेन आफ्नो दोस्रो खेलमा जितको खोजीमा रहेको छ । पोल्याण्डलाई आफ्नो पहिलो खेलमा पराजित गरेको स्लोभाकियाको समुहमा तीन अंक रहेको छ ।

स्विडेनका भिक्टर लिन्डोलोफले स्पेन विरुद्ध गरेको प्रदर्शनको आधार हेर्दा यो स्विडिस टोलीको रक्षापङ्ती खतरनाक रहेको छ । फर्वार्डमा रियल सोसियाडका एलेक्ससान्डर इसाक रहेको स्विडेनका लागि उनी एक मात्रै फिनिसर हुन् । ३९ वर्षिय ज्लाटान इम्ब्राहिमोभिक चोटका कारण खेल्न नसक्ने भए पछि युवा फर्वार्डले स्विडिस टोलीमा मौका पाएका थिए । स्लोभाकियाका लागि पनि मारेक हाम्सिक, पिटर पिकारीक, दुसान कुसिआक र भाल्द्मिर विएस जस्ता प्रभावशाली खेलाडी रहेका छन् ।

पछिल्ला छ खेलको नतिजा हेर्दा स्विडेन अपराजित रहेको छ । यता स्लोभाकिया पनि पछिल्ला ६ खेलमा अपराजित रहेको छ । सेन्ट पिटेर्सबर्गमा हुने खेल नेपाली समय अनुसार ६:४५ मा सुरु हुने छ ।

प्लेयर्स टु वाच

एलेक्स्सान्डर इसाक, स्विडेन

पिटर पिकारीक, स्लोभाकिया

क्रोएसिया विरुद्ध चेक रिपब्लिक

आफ्नो पहिलो खेलमा इङ्ल्याण्डसँग १-० ले पराजित भेको क्रोएसियालाई युरो २०२० मा आफ्नो पहिलो अंक लिने मौका छ । क्रोएसियाको लागि दोस्रो खेलमा प्रतिद्वन्धी चेक रिपब्लिक रहेको छ । चेकले आफ्नो पहिलो खेलमा स्कटल्याण्डलाई २-० ले पराजित गरेको थियो ।

चेक रिपब्लिकले क्रोएसियालाई जित्न सकेको छैन । दुवै टोलीले तीन खेल खेल्दा क्रोएसिया दुईमा बिजयी भएको छ र एकमा बराबरी खेलेको छ । यि दुई टोली अन्तिम पटक २०१६ को युरोमा भिड्दा खेल २-२ को बराबरीमा सक्किएको थियो । क्रोएसियाको टोलीमा धेरै खेलाडी परिवर्तन रहेका छन् । चेकका लागि अझै आफ्नो पूर्ण टोली नै नयाँ छ । लुका मोड्रिच र मटियो कोभाचिक जस्ता ठुला नाम सहित रहेको क्रोएसियाका लागि यो खेल अर्को चरणका लागि महत्वपूर्ण छ । चेकका लागि टोमस कोउबेक र थोमस सोउचेक जस्ता प्रभावशाली खेलाडी छन् ।

पछिल्ला ६ खेलहरु हेर्दा क्रोएसियाको फम खस्किएको देखिन्छ । क्रोएसियाले छ खेलमा मात्रै दुई खेल जितेको छ । चेकका लागि पनि पछिल्ला खेलहरु धेरै राम्रो नभए पनि उसले मात्रै दुई खेलमा पराजय भोगेको छ । खेल नेपाली समय अनुसार ९:४५ मा सुरु हुने छ ।

प्लेयर्स टु वाच

इभान पेरिसीच, क्रोएसिया

पट्रिक्क सिक, चेक रिपब्लिक

 

इङ्ल्याण्ड भर्सेस स्कटल्याण्ड

इङ्ल्याण्ड विरुद्ध स्कटल्याण्डको खेल युरोका लागि मात्रै हैन बेलायत भरी यस्को राजनीतिक देखी आर्थिक प्रभाव समेत रहेको छ । अन्तिम पटक १९९८ को युरोमा भिडेका यि दुई टोली २५ वर्ष पछि युरो २०२० मा फेरी भिड्दै छन् । यो खेल इङ्ल्याण्ड र स्कटल्याण्ड बिच १२६ औँ खेल हुने छ ।

इङ्ल्याण्डले आफ्नो पहिलो खेलमा क्रोएसियालाई १-० ले हराउँदै प्रतियोगिताको शुरुवात गरेको थियो । स्कटल्याण्ड भने आफ्नै घरमा चेक रिप्बलिकसँग २-० ले पराजित भएको थियो । यो खेलका लागि इङ्ल्याण्डमा ‘अल स्टार टिम’ रहेको छ । स्कटल्याण्डमा पनि धेरै खेलाडीहरु प्रिमियर लिग खेल्ने खेलाडी भएका कारण यो खेल केही खास रहेको छ । इङ्ल्याण्डका लागि गोलरक्षक डिन हेन्डरसन प्रतियोगिता बाट बहिरिसकेका छन् । यस्तै यो खेलका लागि बेन चिलवेल र जेडेन सान्चो पनि खेल्ने सम्भावना छ ।

पछिल्ला छ खेलको नतिजामा इङ्ल्याण्ड अपराजित रहेको छ । स्कटल्याण्डको पछिल्ला छ खेलको नतिजा हेर्दा एक खेलमा मात्रै पराजित भेको देखिन्छ । यस्तो अवस्थामा यि दुई टोली बिचको खेल रोमान्चक हुने छ । खेल नेपाली समय अनुसार मध्यराती १२:४५ बजे सुरु हुने छ ।

प्लेयर्स टु वाच

केल्भिन फिलिप्स, इङ्ल्याण्ड

स्कट म्याक्टोमिने, स्कटल्याण्ड

Click to comment

Trending