Headline

कोपा अमेरिका: ब्राजिलको पेरु माथि ठुलो जित, कोलम्बिया बराबरीमा

Published

on

कोपा अमेरिका २०२० को आफ्नो खेलमा घरेलु टोली ब्राजिलले पेरु माथि ४-० को ठुलो जित निकालेको छ । ब्राजिलको जितमा एलेक्स सान्द्रो, नेमार र एभर्टन र रिचार्लीसनले एक-एक गोल गरेका थिए ।

खेलको १२ औँ मिनेटमा गाब्रियल जेससले मिलाइदिएको पासमा सान्द्रोले गोल गरे पछि ब्राजिलले खेलमा अग्रता लिएको थियो । पहिलो हाफमा निकै मौका बनाएको ब्राजिलका लागि नेमारले केही गतिलो मौकाहरुमा चुक्न पुगेका थिए ।

पहिलो हाफ १-० ले सक्काए पनि ब्राजिलले दोस्रो हाफमा तीन गोल थप्यो । खेलको ६८ औँ मिनेटमा नेमारले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए । फ्रेडले मिलाएको पासमा नेमारले यो पटक भने गल्ती गरेनन् । ब्राजिलका लागि यो गोल नेमारको ६८ औँ गोल हो ।

ब्राजिलका लागि ८९ औँ मिनेटमा एभर्टन रिभेरोले गोल गर्दै ३-० को स्थितीमा खेल ल्याएका थिए । तर, इन्जुरी समयको थप गरिएको तेस्रो मिनेटमा रिचार्लीसनले गोल गर्दै ब्राजिलाई ४–० को ठुलो जित दिलाउन सफल रहे ।

जितसँगै ब्राजिलले कोपा अमेरिकाको क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । समूह ‘बी’ शीर्षस्थानमा रहेको ब्राजिलको ६ अंक छ । दोस्रो स्थानमा रहेको कोलम्बियाको ४ अंक छ ।

आजै भएको अर्को खेलमा कोलम्बियाले भेनेजुएलासँग गोलरहित बराबरी खेलेको छ । कोलम्बियाका लागि खेलमा लुइज डाएजले रातो कार्ड खाँदा ब्राजिल विरुद्धको खेल गुमाउने भएका छन् ।

Click to comment

Trending