Euro 2020

नेदरल्याण्ड्स युरो कपको प्रि क्वार्टर फाइनलमा

Published

on

डेन्जल डम्फ्रिज र मेम्फिस डिपेले गोल गरेपछि नेदरल्याण्ड्स अर्को आकर्षक प्रदर्शनसंगै युरो कपको अन्तिम १६ मा प्रवेश गरेको छ ।

योहान क्रुएफ एरिनामा लगातार दोश्रो जित हात पार्ने क्रममा नेदरल्याण्ड्ले अष्ट्रियालाई २-० ले पराजित गर्यो । यसअघि युक्रेनलाई हराएको डच टोलीको ६ अंक भएको छ भने एक खेल बाकी रहेको स्थितिमा नै प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

युक्रेनबिरुद्धको खेलमा जस्तै नेदरल्याण्ड्सले शुरुवात देखि नै निरन्तर दवाब बनाएको थियो । नवौं मिनेटमा मार्टिन डिन्टेरेगरले लडाएपछि गरेको पेनाल्टी अपिलका लागि भिडियो असिस्टेन्ट रेफ्रि मार्फता चेक गरिएको थियो । भारबाट रेफ्रिले पेनाल्टी दिने निर्णय लिएपछि डिपेले राम्रो संयमता अपनाउदै आत्मबिश्वासले भरिएको पेनाल्टी प्रहार गर्दै नेदरल्याण्ड्सलाईअग्रता दिलाएका थिए ।

डिपेले २५ औं मिनेटमा पनि बक्सभित्र बाट गोल गर्ने अवसर खेर फालेका थिए । ४० ओं मिनेटमा बनेको काउन्टर अट्याक मुभमा उट वेगहोस्र्टले खुला अवसरको लागि सृजना गर्दा पनि डिपेले पोस्ट नजिकबाटै निकै माथि प्रहार गरेका थिए । लगत्तै जर्जिनियो वाइनाल्डमको प्रहारलाई अष्ट्रियन डिफेन्सले रोकेको थियो ।

६७ औं मिनेटमा नेदरल्याण्ड्सले अग्रतालाई दोब्बर बनायो र एक पटक फेरि गोलमा डिपेको भुमिका महत्वपूर्ण रह्यो । काउन्टर अट्याकमा डिपेले निकालेको बलमा तिब्र दौड लगाउदै बक्स सम्म पुगेका डोन्येल मलेनले निस्वार्थ रुपमा दिउको पासमा डम्फ्रिजले सहज फिनिस गरेका थिए ।

डम्फ्रिजले जारी युरोमा दुईगोल गरिसकेका छन् ।

Click to comment

Trending