Euro 2020

डि ब्रुनको पुनरागमनमा बेल्जियमका लागि बिजयी गोल

Published

on

केभिन डि ब्रुनले पुनरागमन उत्कृष्ट गोल गर्दै मन जित्ने संकेत गर्दै बेल्जियमलाई युरो कपमा लगातार दोश्रो जित दिलाएका छन् ।

जितसंगै बेल्जियम एक खेल बाकी रहेको अवस्थामा दोस्रो चरणमा प्रवेश गरेको छ ।

कोपनहेगनमा युसुफ पोल्सेनले युरो कप इतिहासकै दोश्रो छिटो गोल गरेपछि बेल्जियममा खेलको शुरुवातमै पछि परेको थियो । तर रोमेलु लुकाकुले दुवै गोलमा महत्वपूर्ण भुमिका खेल्नुका साथै डि ब्रुनले च्याम्पियन्स लिग फाइनलको चोटपछि फर्कदै उत्कृष्ट गोल गरेपछि बेल्जियमले २-१ को जित हात पार्यो ।

लगातार दोश्रो जितपछि ६ अंकका साथ बेल्जियम नकआउट चरणमा पुगेको छ । डेनमार्क लगातार दुई खेलमा पराजित भएसंगै प्रतियोगिताको समुह चरणबाटै बाहिरिने सम्भावना प्रबल बनेको छ ।

डेनमार्क दोश्रो मिनेटमै खेलमा अप्रत्याशित रुपमा अग्रता लिन सफल भएको थियो । पोल्सेनले बेल्जियमको खराब डिफेन्सको फाइदा उठाउदै गोल गरेका थिए ।

५५ औं मिनेटमा बेल्जियमले उत्कृष्ट टिम गोलमा बराबरी गरेको थियो। लुकाकुले लगाएको उत्कृष्ट दौडमा डेनिस बक्स सम्म पुगेका उनले डि ब्रुनलाई पास निकाले । डि ब्रुनले निस्वार्थ रुपमा दुई डिफेन्डरलाई छक्याउदै निकालेको पासमा थोर्गन हजार्डले सहज रुपमा फिनिसिंंग गर्दै बेल्जियमलाई खेलमा फर्काएका थिए ।

७१ औं मिनेटमा लुकाकुकै उत्कृष्ट गेमप्लेपछि आएको बलमा डि ब्रुनले बक्स बाहिरबाट सशक्त प्रहार गर्दै आकर्षक गोल गरेका थिए । गोल गरे लगत्तै उनले घरेलु समर्थकलाई निराश बन्न दिएनन्।

पहिलो खेलमा क्रिष्चियन एरिक्सेनलाई गुमाएको डेनिस समर्थकलाई निराश नबनाउन उनले गोलको खुशीयालीमा आक्रमक देखिएनन् भने टिम मेटहरुलाई पनि थाम्नको लागि आग्रह गरेका थिए ।

डेनमार्कले त्यसपछि लगातार गोल गर्ने प्रयास गरेपनि असफल भएको थियो ।

सिटी प्लेमेकर डि ब्रुन चेल्सीबिरुद्धको खेलपछि मुखमा चोट लाग्दा बाहिरिएका थिए भने । नाक र आखांको हड्डीको शल्यक्रिया गरेको उनको युरो खेल्नेनखेल्ने स्पष्ट थिएन ।

Click to comment

Trending