Euro 2020

नर्थ मेसेडोनियालाई हराएको युक्रेनले निकाल्यो युरोमा पहिलो जित

Published

on

अन्द्रे यामोलेन्को र रोमान यारएमचुकले पहिलो हाफमा गरेको गोल निर्णायक बन्न पुग्दा युक्रेनले नर्थ मेसेडोनियालाई हराउँदै युरो २०२० मा पहिलो जित निकालेको छ । युक्रेनले नर्थ मेसेडोनियालाई २-१ ले हराएको हो ।

खेलमा पहिलो गोल २९ औँ मिनेटमा युक्रेनले गरेको थियो । कर्नरबाट आएको बलमा अन्द्रे यामोलेन्कोले गोल गर्दै युक्रेनलाई १-० को अग्रता दिलाएका थिए । त्यस पछी युक्रेनले ३४ औँ मिनेटमा दोस्रो गोल थपेको थियो । बाँया फ्ल्यान्कबाट अन्द्रे यामोलेन्को दिएको वान टच पासमा यस पटक रोमान यारएमचुकले उत्कृष्ट फिनिसिङ गरेका थिए । पहिलो हाफमा नर्थ मेसेडोनियाले केही मौका बनाए पनि गोल भने गर्न सकेन ।

तर, दोस्रो हाफको ५७ औँ मिनेटमा नर्थ मेसेडोनियाले गोल गर्‍यो । कप्तान गोरान पाण्डेभलाई युक्रेनका डिफेन्डरले बल प्रहार गर्ने समयमा खुट्टामा हाने पछि नर्थ मेसेडोनियाले पेनाल्टी पाएको थियो । पेनाल्टीमा एग्जान एलिओस्कीको प्रहार युक्रेनका गोलरक्षक बुस्कानले बचाए पनि रिबाउन्डमा एलिओस्कीले गोल गरेका थिए ।

युक्रेनले ८४ औँ मिनेटमा तेस्रो गोल गर्ने मौका गुमायो । फ्रिकिकमा मेसेडोनियाका डिफेन्डरले हातले रोकेका कारण युक्रेनले पेनाल्टी पाएको थियो । तर, युक्रेनका लागि रुस्लान मिलनओविस्कीको प्रहार मेसेडोनियाका गोलरक्षक स्टोल दिमित्रिविस्कीले बचाएका थिए ।

जितसँगै समुह ‘सी’ मा युक्रेनले पहिलो जित निकालेको छ । नर्थ मेसेडोनियाले भने दोस्रो खेलमा पराजय भोगेको छ । आजै हुने अन्य दुई खेलमा बेल्जियमले डेनमार्क र नेडर्ल्याण्ड्सले अष्ट्रियाको सामना गर्दै छ ।

Click to comment

Trending