Headline

एसियन कप छनौटको तेस्रो चरणमा नेपालसंग नुहन सक्छन अब्दुल्लाह

Published

on

एसियाली फुटबल महसंघको पछिल्लो निर्णयले नेपाली फुटबल प्रेमीहरुलाई ठूलो राहत दियो । २०२२ बिश्वकप र २०३३ एसियन कपको संयुक्त छनोटमा आफ्नो समुह चरण नेपालले चौथो स्थानमा टुंगाएको थियो ।

यसअघि उत्कृष्ट चौथो स्थान हात पार्ने चार टोलीले सिधै एसियन कप छनौटको तेश्रो चरण खेल्न पाउने र अन्य दुई टोलीले प्लेअफबाट मौका पाउने व्यवस्था गरिएको थियो ।

नेपाल उत्कृष्ट चौथो टोली नहुंदा प्लेअफ मात्र एसिया कपमा आफूलाई कायम राख्ने अन्तिम मौकाको रुपमा थियो तर पछिल्लो निर्णयले उसले सिधै तेश्रो चरणको छनौट खेल्न पाउने भएको हो ।

यद्दपि नेपाली राष्ट्रिय टोलीमा परिवर्तनको नारा बोकेर त्यसलाई केही हदसम्म साबित पनि गर्दै आइरहेका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नै छनौटका लागि नेपाली टोलीसंग नहुन पनि सक्ने छन् ।

अब्दुल्लाहको अखिल नेपाल फुटबल संघ (एन्फा) संग सम्झौता एक वर्षको रहेको छ । कतार फुटबल संघ संगको फुटबल बिकास योजना अन्तर्गत नेपालको प्रशिक्षकको पद सम्हालेका उनको सम्झौता मार्च ३०, २०२२ सम्म रहेको छ ।

होम एण्ड अवेका आधारमा निकै लामो रहेको तेश्रो चरणको छनौटमा नेपालले फेब्रुवरीमा एक मात्र खेल खेल्नेछ भने मार्चमा एक खेल पनि नखेल्न सक्छ । यस्तोमा नेपाल तेश्रो चरणका लागि प्रो लाइसेन्स प्रशिक्षक बिहिन हुन सक्छ ।

एन्फा अध्यक्ष कर्मा छिरिन्ङ शेर्पाले उनको सम्झौता सकिन अझै समय बांकी भएका कारण अहिले नै केही भन्न नसकिने बताएका छन् । “यो धेरै लामो समयको कुरा हो । कतार फुटबल संघले उनलाई प्रायोजन गरेको भएर हामीले मात्रै निर्णय लिने कुरा आउदैन । त्यही कारण यसका लागि हामी अझै केही समय कुर्नु पर्ने हुन्छ,” अध्यक्ष शेर्पाले भने ।

तेश्रो चरणका लागि दुई टोली प्लेअफबाट आए पछि ‘ड्र’ हुने छ । कुल २४ टोलीलाई ६ समुहमा बिभाजन गरिनेछ । ’ड्र’ अक्टोबरमा हुन सक्ने भए पनि नेपालले सम्भवतः पहिलो खेल फेब्रुअरी २०२२ मा खेल्ने सम्भावना छ ।

फिफाको अन्तराष्ट्रिय बिश्रामहरुमा खेल हुने भएका कारण पहिलो खेल फेब्रुअरी, दोस्रो र तेस्रो खेल मार्च, चौँथो जुन र पाँचौर छैँटौ सेप्टेम्बर २०२३ मा हुने छ ।

अब्दुलाहको प्रशिक्षणमा नेपालले हाल सम्म चार खेलमा एकमा जित र तीनमा हार व्यहोरेपनि उनले अपनाएको शैलि र निर्णयहरुलाई लिएर सकारात्मक टिप्पणीहरु आइरहेका छन् ।

Click to comment

Trending