Euro 2020

युरोमा आज तीन खेल, बेल्जियमको सामना गर्दै डेनमार्क

Published

on

युरो कपको दोस्रो चरणको खेलहरुमा बिहीबार तीन खेलहरु हुँदै छन् । दिनको पहिलो खेलमा युक्रेनले नर्थ मेसेडोनियाको सामना गर्दै छ । दोस्रो खेलमा बेल्जियमले डेनमार्कसँग खेल्दा मध्यरातको खेलमा नेदरल्याण्ड्सले अष्ट्रिया विरुद्ध खेल्ने छ ।

युक्रेन विरुद्ध नर्थ मेसेडोनिया

युक्रेनले बिहीबार हुने पहिलो खेलमा नर्थ मेसेडोनियासँग रोमानियाको राष्ट्रिय बुखारेस्ट रङशालामा खेल्दै छ । पहिलो खेलमा नेदरल्याण्ड्ससँग ३-२ ले पराजित युक्रेनलाई नर्थ मेसेडोनियासँग तीन अंक लिने अवसर छ । नर्थ मेसेडोनिया आफ्नो पहिलो खेलमा ३-१ ले अष्ट्रियासँग पराजित भएको थियो ।

युक्रेनको खेलाडीहरुमा पहिलो खेलमा निकै जोष देखिएको थियो । त्यही खेलको योजना अनुसार खेले पनि युक्रेनले आज नर्थ मेसेडोनिया विरुद्ध सहज जित निकाल्न सक्नेछ ।

युक्रेन र नर्थ मेसेडोनिया पछिल्लो पटक २०१६ को युरो छनोटमा भेटेका थिए । जहाँ युक्रेनले दुवै खेलमा नर्थ मेसेडोनियालाई पराजित गरेको थियो । युक्रेन र नर्थ मेसेडोनिया दुवैको पछिल्ला खेलहरुमा सोचेको जस्तो नतिजा निस्किन सकेका छैनन् ।

युक्रेनका लागि ऐलेकजेण्डर जिचेन्को र रुस्लान मिलनोस्कीको खेलले धेरै असर पार्ने छ । नर्थ मेसेडोनियाका लागि फेरी पनी यो खेलमा एल्जिफ इल्मास र अरिजान एडेमी खेल्न सक्ने छन् ।

खेल नेपाली समय अनुसार साँझ ६:४५ मा सुरु हुने छ ।

प्लेयर्स टु वाच

इल्लिया जाबर्नी, युक्रेन

 

बेल्जियम भर्सेस डेनमार्क

क्रिष्चियन ऐरिक्सन घटनालाई बिर्सदै डेनमार्कले फेरी कोपनहेगनमा बेल्जियम विरुद्ध आफ्नो दोस्रो खेल खेल्दै छ । पहिलो खेलमा दु:खद शुरुवात सहित १-० ले पराजित डेनमार्कलाई आजको खेल जित्दै समुह ‘बी’ रोमान्चक बनाउने मौका समेत छ । बेल्जियमले रसियासँग पहिलो खेलमा जित निकाले पनि रसियाले दोस्रो खेलमा फिनल्याण्डलाई हराएपछि यो समुह अझै रोमान्चक बन्न लागेको छ ।

डेनमार्क पछिल्लो छ खेलमा एकमा मात्रै पराजित भएको छ भने बेल्जियम कुनै खेलमा हारेको छैन । तर, डेनमार्कलाई आजको खेल आफ्नो घरेलु मैदानमा हुने भएका कारण पनि केही फाईदा छ । पछिल्लो पटक नेसन्स लिगमा भिड्दा डेनमार्कले ३-२ को उत्कृष्ट पुनरागमन जित निकालेको थियो ।

डेनमार्कका लागि आज मुख्य खेलाडी गोलरक्षक पिटर इस्माइकल हुन सक्छन् । डेनमार्कका लागि उनले बेल्जियमको लगतार गर्ने प्रहारहरु बिफल बनाउने सके डेनमार्क खेलमा रहने छ । यस्तै डिफेन्समा पनि आन्द्रेस क्रिस्टेनसेनको भूमिका मुख्य रहने छ ।

ऐरिक्सनलाई बाँकीको युरोका लागि गुमाएको डेनमार्कका लागि अग्रपङ्तीका मार्टिन ब्रेथवेटलाई अब भने उत्कृष्ट खेल प्रदर्शन गर्ने अवसर छ । बेल्जियमका लागि पूर्ण टोली तयार छ तर अझै पनि केविन डि ब्रुन भने खेल्ने नखेल्ने पक्का हुन सकेको छैन ।

खेल नेपाली समय अनुसार ९:४५ मा सुरु हुने छ ।

प्लेयर्स टु वाच

अन्द्रेस क्रिस्टेनसेन, डेनमार्क

तिमोथी कोस्टाग्ने, बेल्जियम

नेदरल्याण्ड्स भर्सेस अष्ट्रिया

दुवै टोलीले पहिलो खेलमा तीन अंक हात परेका छन् । युक्रेनलाई ३-२ ले पराजित गरेकोनेदरल्याण्ड्स र नर्थ मेसेडोनियालाई ३-१ ले  हराएको अष्ट्रियालाई यो खेलमा जित निकाले अर्को चरणमा स्थान बनाउन सजिलो हुने छ ।

दिनको पहिलो खेलमा युक्रेन र मेसेडोनिया बिच बराबरी भए पनि यि दुवै टोलीलाई फाईदा पुग्ने छ ।

पछिल्लो छ खेलको नतिजा हेर्दा नेदरल्याण्ड्स एक खेलमा मात्रै पराजित भएको छ । अष्ट्रियाले भने दुईमा पराजित भएको छ । नेदरल्याण्ड्सका लागि म्याथिस डि लिटलाई ग्रोइनमा चोट लागे पछि उनी बेन्चमा बस्नु परेको थियो । डि लिट आजको खेलमा देखा पर्ने सम्भावना पनि कम छ ।

उनको स्थानमा लुक डि यङले खेल्ने छन् । अष्ट्रियाका लागि मार्को अर्नाउतोभिचले खेल गुमाउने छन् । नर्थ मेसेडोनिया विरुद्ध गोल गरे पछि रङ्गभेद गरेको आरोप लागेका उनलाई एक खेलको प्रतिबन्ध लागेको छ ।

अष्ट्रियाका लागि पछिल्लो खेलमा चम्किएका डेभिड अलबाको नेदरल्याण्ड्स बीरुद्धको प्रदर्शनले उनको देशको भविष्य देखिने छ । योहान क्रुएफ ऐरिनामा हुने खेल नेपाली समय अनुसार १२:४५ मा सुरु हुने छ ।

प्लेयर्स टु वाच

फ्रांकी डि यङ, नेदर्ल्याण्ड्स

सासा कलाडिजिक, अष्ट्रिया

Click to comment

Trending