Headline

१६ वर्ष पछि सर्जियो रामोसले रियल छोड्दा एक युगको अन्त्य

Published

on

स्पेनिस डिफेन्डर सर्जियो रामोसले १६ सिजन पछि रियल म्याड्रिड छोड्न लागेको क्लबले बिहीबार बिहान बिज्ञप्ती जारी गर्दै बताएको छ । रियलका अध्यक्ष फ्लोरेन्टइनो पिरेजले उनलाई संस्था र आफ्नो व्यक्तिगत तर्फबाट बिदाई गर्दै बिज्ञप्ती जारी गरेका हुन् । यो सँगै रियलको एक उत्कृष्ट युगको अन्त्य भएको छ ।

३५ वर्षिय रामोसले २००५ मा आफ्नो बाल्यकाल क्लब सेभिया छोड्दै रियल म्याड्रिड आएका थिए । रामोसमा रियलले खेलेका जती सबै प्रतियोगिता जितेका छन् । तर पछिल्लो सिजनहरुमा चोटका कारण उनले धेरै समय मैदानमा बिताउन पाएका थिएनन् । पहिलेका सिजनहरुमा तीन हजर मिनेट प्रती सिजन खेल्ने रामोसले यस सिजन एक हजार मिनेट पनि मैदानमा बिताएका थिएनन् ।

हल्ला अनुसार रियलसँग सम्बन्ध चिसिएसँगै उनले क्लब छोड्ने निर्णय लिएका हुन् । उनलाई म्यानचेस्टर युनाइटेड, लिभरपुल र इन्टर मायामी जस्ता क्लबले आफ्नो ट्रान्सफरको रुपमा हेरेका छन् ।

रामोसले १६ वर्ष रियलमा खेल्दा पाँच ला लिगा, चार च्याम्पियन्स लिग, दुई कोपा डेल रे र ११ वर्ष फिफाको उत्कृष्ट ११ मा आफ्नो नाम राखेका थिए ।

रामोसले स्पेनका लागि पनि लगतार अन्तराष्ट्रिय प्रतियोगिताहरु जितेका छन् । २००८ को युरो, २०१० को विश्वकप र २०१२ को युरो जित्दा उनी टोलीका मुख्य सदस्य थिए ।

रियलमा आफ्नो करीअर सकाउन नपाउने रामोस पहिलो खेलाडी भने हैनन् । यस अघि रियलले क्रिष्चियानो रोनाल्डो र इकर कासिलास जस्ता खेलाडीसँग सम्झौता रद्ध गरेको थियो । रियलको २०१२ देखी २०२० सम्म आईपुदा चुमेका उपाधिहरुको मुख्य हकदार रखेका खेलाडीहरुले अहिले रियल छोडिसकेका छन् । मार्सेलो मात्रै रियलमा सबै भन्दा धेरै वर्ष खेल्ने खेलाडी बनेका छन् ।

रामोस यो पटक स्पेनको टोलीमा पर्न पनि असफल भएका थिए । सेभियाका खेल निर्देशक मोन्चीका अनुसार भने रामोस आफ्नो पुरानै क्लब सेभिया फर्किने छन् ।

 

Click to comment

Trending