Euro 2020

अर्को सशक्त प्रदर्शनपछि इटाली युरो कपको नकआउट चरणमा

Published

on

म्यानुएल लोकाटेलीले दुई र सिरो इम्मोबिलेले गोल गरेपछि इटाली अर्को सशक्त प्रदर्शन पछि लगातार दोश्रो जित हात पार्दैएक खेल बाकी नै रहेको स्थितिमा युरो कपमा नकआउट चरणमा प्रवेश गरेको छ ।

रोमको ओलम्पिक स्टेडियममा भएको खेलमा इटालीले स्विट्जरल्याण्डलाई ३-० ले पराजित गर्यो । जितपछि समुह ए मा इटाली ६ अंकसहित शिर्षस्थान रहेको छ भने दोश्रो स्थानमा चार अंकसहित वेल्स रहेको छ ।

इटालीको जितपछि लगातार दुई खेल हारेको टर्की र स्विट्जरल्याण्डको नकआउट चरणको आशा अब अन्तिम लिग खेलमा निर्भर छ ।

स्विट्जरल्याण्डले अन्तिम खेलमा टर्कीको सामना गर्नेछ । वेल्स र इटालीले बराबरी खेल मात्रै पनि दुवै टोली उत्कृष्ट तेश्रो स्थानमा सक्काएको टिमको रुपमा अन्तिम १६ मा प्रवेश गर्ने सम्भावनामा मात्रै सिमिति हुनेछन् ।

पहिलो खेलमा टर्कीमाथि पनि ३-० को सहज जित हात पारेको इटालीले एक पटक फेरि अर्को सशक्त प्रदर्शन गरेको थियो । लोकाटोलीले २६ औं मिनेटमा अग्रता दिलाउदा मार्को बेरार्डीको भुमिका महत्वपूर्ण रह्यो भने दोश्रो हाफमा उनको गोल उत्कृष्ट रहेको थियो ।

इमोबिलले ८९ औं मिनेटमा अर्को गोल गर्दै स्विट्जरल्याण्डको पुनरागमनको ढोका बन्द गरेका थिए ।

दुई गोल गरेका म्यानुएल लोकाटेली

खेलको पहिलो उल्लेखनीय मुभमा इटालीका लोकाटेलीको क्रसमा सिरो इम्मोबिलेको ओपन हेडर पोस्ट माथिबाट गएको थियो ।

२० औं मिनेटमा इटालीले गोल गर्यो तर भिडियो असिस्टेन्ट रेफ्रिले त्यसलाई मान्यता दिएनन् । लोरेन्जो इन्सिग्नेको कर्नरमा दुई स्विस डिफेन्डरको चुनौतिमा बल नियन्त्रणमा राख्दै जर्जियो किलिनीले ६ यार्ड बक्स भित्रबाट पहिलो टचमा गोल गरेका थिए ।

तर रिप्लेमा हेडरको प्रयासपछि ल्यान्ड गर्ने क्रममा किलिनीको ह्याण्ड बल भएको देखिएको थियो । ६ मिनेटपछि नै इटालीले अग्रता लियो ।

बेरार्डीले मिडफिल्डबाट बलसंग उत्कृष्ट दौड लगाउदैगोललाईन अगाडी गरेको कट ब्याकमा लोकाटोलीले लगभग खाली पोस्टमा फिनिस गरेका थिए । दोश्रो हाफ शुरु भएको ७ मिनेटपछि नै इटालीले अग्रता दोब्बर बनायो। लोकोटेलीले बक्स बाहिरबाट दुई स्विस डिफेन्डरकोबीचबाट गरेको प्रहारले गोलकिपर यान सोमरलाई कुनै मौका नै दिएन ।

स्विटजरल्याण्डले ६४ औं मिनेटमा खेलको पहिलो अवसर सृजना गरेको थियो । स्टिभन जुबरले ६ यार्डको ठ्याक्कै बाहिरबाट गरेको प्रहारलाई जियानलुईजी डोनारुम्माले बचाएका थिए ।

Click to comment

Trending