Euro 2020

वेल्सको जितमा पेनाल्टी मिस गरेपनि बेलको उत्कृष्ट प्रदर्शन

Published

on

वेल्सले युरो कपमा टर्कीलाई २-० ले पराजित गर्दै सफल पुनरागमन गरेको छ ।

अजरबैजानको बाकुमा स्टार स्ट्राइकर ग्यारेथ बेलले पेनाल्टी मिस गरेको खेलमा वेल्सका लागि आरोन राम्सेले गोल गरेका थिए । तर दुवै गोलमा बेलको नै असिस्ट रहेको थियो ।

पहिलो खेलमा स्विट्जरल्याण्डसंग बराबरी खेलेको वेल्सको समुह ए मा चार अंक भएको छ । टर्की भने प्रतियोगिताको दोश्रो चरणमा पुग्ने सम्भवना लगभग समाप्त भएको छ । टर्कि पहिलो खेलमा इटालीसंग पराजित भएको थियो ।

२४ औं मिनेटमा बेलको असिस्टमा आरोन राम्सेले प्रशस्त र समय र ठांउ पाएपनि आकिशिएको प्रहार गर्दै मौका खेर फालेका थिए । त्यसअघि १६ औं मिनेटमा बेलको हेडरलाई पनि टर्की डिफेन्सले रोकेको थियो ।

टर्कीले २९ मिनेटमा लगातार आक्रमण बनाउदा पाएका मौकाहरुलाई गोलमा परिणत गर्न सकेको थिएन ।

टर्कीको डिफेन्स सुस्ताउदै गर्दा बेलले निकालेको सुन्दर असिस्टमा उत्कृष्ट दौड लगाउदै बक्स भित्र आफूलाई टर्की गोलकिपरसंग वान भर्सेस वान सेट गरेका राम्सेले सहज फिनिस गरेका थिए ।

५४ औं मिनेटमा टर्कीले पहिलो सुनौलो अवसर खेर फाल्यो । कर्नर बल वेल्सको बक्सबाट क्लियर हुन नसक्दा आफूतिर आएको ओपन बललाई बुराक यिल्माजले ६ यार्डबाटै निकै माथि साइड भलि प्रहार गर्न पुगेका थिए ।

चार मिनेटपछि नै टर्किस गोलकिपर सकिरले राम्सेले नजिकैबाट गरेको प्रहारलाईरोकेका थिए । वेल्सले दवाब बनाउदै गर्दा ग्यारेल बेललाई मेहमत जेकी सेलिकले बक्सामा लडाउदा पेनाल्टी पाएको थियो ।

तर बेलले पेनाल्टीमा निकै माथि प्रहार गरेका थिए । खेल सकिन केही मिनेट मात्रै बांकी हुदा वेल्स गोलकिपर ड्यानी वार्डले हाकान सालानाग्लुको हेडरलाई उत्कृष्ट बचाउ गर्दै वेल्सको जितमा महत्वपूर्ण भुमिका खेलेका थिए ।

अतिरिक्त समयको अन्तिम मिनेटतिर कर्नरबाट आएको बललाई सुन्दर तरिकाले बक्स भित्र लग्दै निकालेको बलमा कर्नर रोबर्ट्सले गोल गरेका थिए ।

Click to comment

Trending