Headline

पलेशालाई टोकियो पारालिम्पिकको वाइल्ड कार्ड

Published

on

नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले टोकियो पारालिम्पिक गेम्स मा छनौट हुंदै प्रतिस्पर्धा गर्ने भएकी छिन् ।

नेपाल तेक्वान्दो संघले बिज्ञप्ती जारी गर्दै पलेशाले वाईल्ड कार्ड मार्फत पारालिम्पिकको लागि बाटो खुला गरेको जनाएको छ । जापानको टोकियोमा २०७८ भाद्र १७ देखि १९ गते सम्म आयोजना हुने पारालिम्पिक तेक्वान्दोमा गोवर्धनले के ४४ बिधा अन्गर्तत ५८ केजी मुनिकोतौल समुहमा नेपालको प्रतिनीधित्व गर्न लागेकी हुन् ।

पारालिम्पिक तेक्वान्दो पहिलो पटक समावेश भएको हो । नेपाली पारा तेक्वान्दो खेलाडीहरुले २०७८ जेष्ठ ७ गते जोर्डनको अम्मानमा पारा लिम्पिकको लागि छनौट प्रतियोगिता खेल्नु पर्नेमा कोरोना महामारीका कारण अन्तराष्टिय हवाई उडान बन्द हुनुका साथै उक्त छनौट प्रतियोगितामा प्रतिस्पर्धा गर्न बिदेशी खेलाडीहरुले तेश्रो मुलुकमा कम्तिमा २ हप्ता आईसोलेशनमा बस्नु पर्ने बाध्यताका कारण छनौट प्रतियोगिताबाट बञ्चित हुनु परेको थियो ।

छनौट प्रतियोगिताका लागि पलेशा लगायत ६ खेलाडीहरुलाई संघले चयन गरेको थियो । उक्त छनोटबाट बञ्चित भए पश्चात नेपाल तेक्वान्दो सघले पलेशा र रञ्जना धामी (के.४४, ४९ केजी)को नाम राष्ट्रिय पारालम्पिक कमिटिको समन्वयमा वाईल्ड कार्डको लागि पहल गरेको थियो ।

१७ बर्षीया पलेशासंग बिश्व पारा तेक्वान्दो र एसियन पारा तेक्वान्दो च्याम्पियनसिप खेलेको अनुभव छ । उनले २०१८ मा भियतनाममा भएको एसिया पारा तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक जितेकी थिइन् ।

उनले पारालिम्पिकका लागि जुमबाट कविराज नेगीसंग प्रशिक्षक लिइरहेकी छिन् । राम्रो प्रशिषण पाए आफूले पारालिम्पिक राम्रो गर्ने बताएकी छिन् ।

पलेशाले पारा राष्ट्रिय टिममा २०७२ साल देखि नियमित तालिम तथा प्रशिक्षण लिई रहेकी छिन् ।

Click to comment

Trending