Headline

मिरानचुकको गोल निर्णायक बन्दा रुसको युरोमा पहिलो जित

Published

on

एलेस्की मिरानचुकको एक मात्रै निर्णायक गोलमा रुसले युरो २०२० मा आफ्नो पहिलो जित हात पारेको छ । समुह ‘बी’ मा आफ्नो दोस्रो खेलमा फिनल्याण्डलाई १-० ले हराएको रुसले आफ्नो पहिलो तीन अंक पनि हात पारेको छ ।

पहिलो हाफको ४५ मिनेट दुवै टोलीले कुनै सट फ्रेममा पारेका थिएनन् । तर, पहिलो हाफ पछि थपिएको ६ मिनेटको इन्जुरी समसमा रुसले बनाएको एक मौका नै गोल गर्न काफी रह्यो । कप्तान आर्टेम ड्य्जुबासँग वान टु पासमा एलेस्की मिरानचुकले गोल गरेका थिए । इन्जुरी समयको तेस्रो मिनेटमा मिरानचुकले गोल गरेका थिए ।

दोस्रो हाफमा पनि रुस हावी देखियो । खेलमा धेरै काउन्टर अट्याकमा आक्रमण गरे पनि रसियाका लागि दोस्रो हाफमा दुई राम्रा मुभ बनेका थिए जसमा एकमा एलेक्ससान्डर गोलोभिनको सट बहिरिएको थियो । कप्तान ड्य्जुबाले मिलाएको अर्को पासमा डलेर कुज्याकेभले गरेको प्रहारलाई फिनल्याण्डका गोलरक्षक लुकास हार्डिकीले बचाएका थिए ।

रुसले खेलमा लोभ लाग्ने मौकाहरु धेरै बनाएको थिएन । फिनल्याण्डका लागि ५४ औँ मिनेटमा टिमु पुक्कीले गरेको प्रहार मात्रै राम्रो मुभ थियो ।

जितसँगै रसियाले समुह ‘बी’ मा ३ अंक हात पारेको छ । यसका साथै समुहमा डेनमार्कको मात्रै अंक रहेको छैन । आजनै हुने अन्य दुई खेलमा टर्कीले वेल्स र इटालीले स्विट्जरल्याण्डको सामना गर्दै छ ।

Click to comment

Trending