Headline

नेपाल एसिया कप छनोटको तेस्रो चरणमा, प्लेअफ खेल्न नपर्ने

Published

on

नेपाली राष्ट्रिय फुटबलले एसियन कपको लागि प्लेअफ खेल्न नपर्ने भएको छ । एसियाली फुटबल संघको नयाँ नियम अनुसार नेपालले अब सिधै तेस्रो चरणको छनोटमा प्रतिस्पर्धा गर्ने छ ।

नेपालले विश्वकप तथा एसियन कप छनोट अन्तर्गत समुह ‘बी’ मा रहँदै ६ अंक सहित चौँथो स्थानमा छनोट चरण सक्काएको थियो । पहिले चौँथो स्थानमा रहे पनि प्लेअफ खेल्ने प्रावधान भए पनि अब भने एएफसीले त्यो नियममा परिवर्तन ल्याएको छ । सबै समुहमा कुनै अंक बिना पुछारमा समुह चरण सक्काएका इन्डोनेसिया, चाइनिज ताइपे, गुआम, कम्बोडियाले भने अब प्ले-अफ खेल्ने छन् ।

यि टोली बिच प्लेअफ सेप्टेम्बर ७ देखी अक्टोबर १२ सम्म हुने छ । प्लेअफका दुई बिजेताले त्यस पछी तेस्रो चरणमा खेल्ने छन् । दुई टोली प्लेअफबाट आए पछि तेस्रो चरणमा ‘ड्र’ हुने छ । कुल २४ टोलीलाई ६ समुहमा बिभाजन गरेर राउन्ड रोबिन आधारमा होम एण्ड अवे अनुसारले खेल्ने छन् ।

नेपाल पट ५ मा रहेको छ ।

तेस्रो चरणको ‘ड्र’ एएफसीले छिट्टै गराउने छ । तेस्रो चरणका खेलहरु मार्च २०२१ देखी सुरु हुन सक्ने छ ।

“हामीले अब प्लेअफ खेलिरहनु परेन र एसियन कपको तेस्रो चरणमा प्रवेश पाएका छौँ र अब हामीले मैत्रिपूर्ण खेलहरु फिफाको अन्तरराष्ट्रिय विन्डोमा खेल्न सक्छौँ,” राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भने ।

 

Click to comment

Trending