अन्तर्राष्ट्रिय

रोनाल्डोका कारण कोका कोलाले एकै दिन गुमायो चार बिलियन डलर  

Published

on

क्रिस्चियानो रोनाल्डोका कारण चर्चित पेय पदार्थ कोका कोलाले चार बिलियन डलरको शेयर मूल्य गुमाएको छ । 

युरो कप अन्तर्गत सोमबार भएको पत्रकार सम्मेलनका क्रममा रोनाल्डोले आफ्नो अगाडि राखेको कोका कोलाको बोतल तल राख्दै पानीको बोतल निकालेर एक्वा भन्दै देखाएका थिए । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बने पछि कोका कोलाको शेयर मूल्यमा गिरावट आएको हो । 

आफ्नो फिटनेसमा निकै ध्यान दिने रोनाल्डोले मानिसहरूलाई कोकको सट्टा पानी खान सुझाएका कारण एकै दिन त्यति धेरै मूल्यमा गिरावट भएको हो ।

यस अघि कोकको एक शेरको मूल्य ५६ दशमलब १० डलरमा किनबेच भएको थियो भने रोनाल्डोको उक्त घटना पछि एक दशमलब छ अंकको गिरावट आए पछि ५५ दशमलब २२ मा कारोबार भएको थियो । कोकको कुल मूल्य २४२ बिलियन डलरबाट घटेर २३८ बिलियन डलरमा झरेको हो ।     

कोका कोला युरो कपको प्रायोजक हो । रोनाल्डोले कोका कोलाको बोतल हटाएर पानी देखाएको घटना पछि आयोजकले एक विज्ञप्ति नै जारी गर्यो । उसले सबैले आफ्नो आवश्यकता र स्वाद अनुसार पेय पदार्थ रोज्ने विज्ञप्तिमा जनाएको छ । 

गत राती सम्पन्न खेलमा हङ्गेरी विरुद्ध गोल गर्दै रोनाल्डो युरो कपको इतिहासमा सबै भन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । ८७ औँ मिनेटमा विल्ली ओर्बनले राफा सिल्भालाई लडाए पछि पाएको पेनाल्टीमा रोनाल्डोले गोल गरेका थिए ।

उनले दुई गोल गरेपछि पोर्चुगलले अन्तिम समयमा तीन गोल गर्दै समुह ‘एफ’ को पहिलो खेलमा हङ्गेरीलाई ३-० ले हराउँदै बिजयी सुरुवात गरेको छ ।     

 

Click to comment

Trending