Euro 2020

युरो कप: इटाली र स्विट्जरल्याण्ड भिड्दै

Published

on

युरो कपमा बुधबार तीन खेल हुँँदै छन् । दिनको पहिलो खेलमा फिनल्याण्डले रुसको सामना गर्ने छ । दोस्रो खेलमा टर्कीले वेल्सको सामना गर्दा अन्तिम खेलमा इटालीले स्विट्जरल्याण्ड विरुद्ध खेल्दै छ ।

फिनल्याण्ड भर्सेस रुस

युरोको आफ्नो डेब्यु खेलमा नै डेनमार्क माथि जित निकालेको फिनल्याण्डले आफ्नो दोस्रो खेल खेल्दै छ । जोल फोजानपालोले युरोपियन प्रतियोगिताको पहिलो खेलमै एक गोल गर्दा दोस्रो खेलका लागि फिनल्याण्ड अझै जोषका साथ मैदानमा उत्रिने छ । रुसका लागि पहिलो खेल सम्झन लायक रहेन । बेल्जियमसँग आफ्नै घरेलु मैदानमा ३-० ले पराजिर रुस पनि दोस्रो खेलमा जितको खोजीमा छ ।

मार्कु कानेर्वाको फिनल्याण्डका लागि डेनमार्कबिरुद्धको जित सम्झनलायक रहे पनि केही घटना भने बिर्सनलायक बने । रुसका लागि पनि अवस्था उस्तै बन्यो । लगतार ६ युरोपियन खेलहरुमा पराजित रुस निकै दवाबमा छ । फिनल्याण्डले भने पछिल्ला ६ खेलमा एकमा जित निकालेको छ ।

फिनल्याण्डका लागि आज टिमु पुक्कीको जादु मात्रै चल्ने हो भने पनि खेल निकै रोमान्चक हुनेछ । फिनल्याण्डले रुसमा पनि डेनमार्ककै शुरुवाती ११ खेलाउने सम्भावना बलियो छ । रुसले ३७ वर्षिय भेट्रान डिफेन्डर युरी जिर्कोभलाई चोटका कारण गुमाउने छ । रुसका लागि मुख्यता फिनल्याण्ड विरुद्ध अग्रपङ्तीमा खेल्ने खेलाडीका लागि गोल गर्ने मौका पनि छ ।

खेल नेपाली समय अनुसार ६:४५ मा शुरु हुने छ ।

प्लेयर्स टु वाच

लुकास हार्डिकी, फिनल्याण्ड


आर्टेम ड्य्जुबा, रुस

टर्की भर्सेस वेल्स

आफ्नो पहिलो खेलमा इटालीसँग पराजित भएको टर्कीले स्विट्जरल्याण्ड विरुद्ध बराबरी खेलेको वेल्ससँग खेल्दै छ । यो टर्की र वेल्स बिच ठुलो प्रतियोगितामा पहिलो खेल हुने छ । अन्तिम पटक १९९७ मा विश्वकप छनोटमा खेलेका यि दुई टोलीमा टर्की ६-४ ले बिजयी भएको थियो । वेल्सले भने टर्कीलाई अन्तिम पटक विश्वकप छनोटमै १९४१ मा १-० ले हराएको थियो ।

वेल्सका प्रशिक्षक रब पेजले टर्की विरुद्धको दोस्रो खेलमा पहिलोमा जस्तो गल्ती नगर्ने बताएका छन् । टर्की पनि उत्कृष्ट खेल खेल्ने दावी गरिरहेको छ । इटाली विरुद्ध पहिलो हाफ पूर्ण डिफेन्डिङ गरे पनि दोस्रो हाफमा एक अत्माघाति गोल सहित सिरो इमोबिले र लोरेन्जो इन्जागीको गोल खाए पछि निराश बनेको थियो ।

पछिल्लो छ खेलको नतिजा हेर्दा टर्की एक खेलमा मात्रै पराजित भएको छ । वेल्स भने दुई खेलमा पराजित हुँदा दुई खेल बराबरी खेलेको छ । टर्की र वेल्सले यो खेलमा पहिलो खेलकै शुरुवाती ११ खेलाउने सम्भावना छ ।

प्लेयर्स टु वाच

इथान अंपाडु, वेल्स

हाकान कालहनोग्लु, टर्की

इटाली भर्सेस स्विट्जरल्याण्ड

पहिलो खेलमा टर्की विरुद्ध ३-० को सहज जित निकालेको इटालीले दोस्रोमा स्विट्जरल्याण्डको सामना गर्दै छ । स्विट्जरल्याण्डले भने आफ्नो पहिलो खेलमा वेल्स विरुद्ध बराबरी खेलेको थियो । समुह ‘ए’ मा रहेका यि दुवै टोली मध्ये इटालीले यो खेलमा जित हात पारे दोस्रो चरणमा पुग्नका लागि उसलाई सजिलो हुने छ ।

इटाली पछिल्लो २८ खेलदेखि अपराजित रहदै आएको छ । स्विट्जरल्याण्ड आफ्नो पछिल्लो ६ खेलमा अपराजित रहेको छ । इटालीका लागि पहिलो खेल देखी नै जादु चलाएका लोरेन्जो इन्सिग्ने र सिरो इमोबिलेका लागि यो खेलमा आफ्नो गोल संख्या बढाउने असवर छ । इटालीका डिफेन्डर लिओनार्डो बोनुची र जर्जिओ चिलिनीको जोडी निकै फापेको छ ।

स्विट्जरल्याण्डका लागि ब्रील एम्बोलो, रेमो फ्रेउलेर र जेर्दान सकिरीले इटालीको डिफेन्सलाई व्यस्त राख्न सक्ने छन् । रोममा हुने खेल नेपाली समय अनुसार १२:४५ बजे सुरु हुने छ ।

प्लेयर्स टु वाच

रेमो फ्रेउलेर, स्विट्जरल्याण्ड

सिरो इमोबिले, इटाली

 

Click to comment

Trending