Euro 2020

आत्मघाती गोलमा फ्रान्सको बिजयी शुरुवात

Published

on

युरो कप अन्तर्गत समुह एफको आफ्नो पहिलो खेलमा बिश्वकप बिजेता फ्रान्सले बिजयी शुरुवात गरेको छ । पहिलो हाफमा भएको आत्मघाती गोलको मद्दतमा फ्रान्सले जर्मनीलाई १-० ले हरायो ।

म्युनिखमा फ्रान्सले २० औं मिनेटमा अग्रता पायो । थिओ हर्नान्डेजले दिएको क्रसलाई क्लियर गर्ने क्रममा म्याट हमेल्सले बललाई आफ्नै पोस्टको दिशा दिएका थिए । जारी युरो कपमा  तीन आत्मघाती गोल भइसकेका छन् ।

दुवै तर्फ पोस्ट आक्रमण बन्न गाह्रो भइरहदा फ्रान्सले पहिलो मौका सृजा गर्यो । १६ औं मिनेटमा एन्टोइन ग्रिजमनको कर्नरमा पउल पोग्बाको प्रहार पोस्टको थोरै माथिबाट गयो । एक मिनेट पछि नै एम्बाप्पेको पावरफुल लो ड्राइभलाई जर्मन गोलरक्षक मानुएल नोयरले डाइभ हान्दै कर्नरको लागि पठाएका थिए ।

जर्मनीको पहिलो अवसरमा थोमस मुलरको हेडर केहीले मात्रै बाहिरिएको थियो । ३८ औं मिनेटमा सर्जी नाब्रीको ओभरहेड असिस्टमा ओपन चान्स पाएका इके गुन्डोगानले पोस्टको दिशा दिन सकेनन् ।

दोश्रो हाफको शुरुवातमा फ्रन्सले नै अवसर बनायो र खेर पनि फाल्यो । एम्बाप्पेले बक्स भित्रै दिएको सुन्दर असिस्ट कलेक्ट गरेपनि एड्रियन रेबियोटको कमजोर प्रहार पोस्टमा लागेर बाहिरएको थियो। एक मिनेटपछि नै जर्मनीले खेलकै सुनौलो अवसर खेलर फाल्यो ।

सर्जि नाब्रीले ६ यार्ड बक्स बाहिर पाएको बलमा गरेको प्रहार थारैले बार माथि गएको थियो । त्यसपछि मुलरले बक्स भित्र अर्को मौका खेर फालेका थिए ।

फ्रान्सका लागि करिम बेन्जेमाले एम्बाप्पेकै क्रसमा गोल त गरे तर भिडियो असिस्टेन्ट रेफ्रिको रिप्लेमा एम्बाप्पे अफ साइड रहेको देखिएको थियो ।

Click to comment

Trending