Headline

‘मुखमा चुरोट राखेर पनि एमएलएस खेल्न सक्छु जस्तो लागेको थियो’

Published

on

अर्जेन्टिनाका स्ट्राइकर गोन्जालो हिग्वेनले अमेरिकाको मेजर लिग सकर (एमएलएस) आफूले सोचे भन्दा निकै स्तरीय रहेको बताएका छन् । 

सुरुमा इन्टर मायामी पुग्दा त्यहाँको फुटबलको कुनै स्तर नभएको र मुखमा चुरोट बाल्दै उत्कृष्ट प्रदर्शन गर्न सक्ने सोचेको भए पनि त्यस अनुरूपको नभएको र निकै प्रतिष्पर्धा रहेको पनि जनाए ।       

सन् २०१९-२० को सिजनको अन्त्यसँगै जब उनले युभेन्टससँगको सम्झौता आपसी सहमतिमा भंग गरे तब उनीसँग युरोपमा नै खेल धेरै अवसरहरू रहेका थिए । तर उनले अमेरिका रोजे । उनले सुरुमा अमेरिका रोज्नुको एक कारण सामान्य फुटबल खेलेर पनि अमेरिकामा राज गर्न सक्ने रहेको पनि खुलासा गरेका हुन् । 

एमएलएसमा सिरी आ जस्तै प्रतिष्पर्धा रहेको बताउँदै हिग्वेनले भने, ‘मेरो विचारमा म अमेरिका पुग्छु र मुखमा चुरोट फुक्दै आरामले फुटबल खेल्छु भन्ने थियो । तर त्यो मैले सोचे जस्तो रहेन छ । यहाँ त निकै कठिन रहेछ ।’ 

‘यहाँको लिग निकै कठिन रहेछ । मैले इटालीमा जे सिके त्यही यहाँ पनि सिक्ने अवसर पाए । स्पेन र इंग्ल्यान्डमा बरु राम्रो गर्न सहज छ । तर इटालीमा त्यस्तो छैन । इटालीमा यदि तपाईंले लिगका बारेमा राम्रो जानकारी राख्न सक्नु भएन भने निकै दुख कष्ट सहन पर्दछ । ‘

इंग्ल्यान्डका पुर्व कप्तान डेभिड बेकह्यामको लगानी रहेको इन्टर मायामीमा सन् २०२२ सम्मको सिजनका लागि आबद्ध हिग्वेनले मायामीको लागि सात खेल खेल्दै चार गोल गर्नुको साथै एक असिस्ट पनि गरेका छन् ।    

 

Click to comment

Trending