Headline

भार्डीको अमेरिकन लिग क्लबमा लगानी 

Published

on

लेस्टर सिटीका स्ट्राइकर जेमी भार्डीले अमिरिकाको लिग क्लब रोस्टर राईनोजमा लगानी गरेका छन् । भार्डीले राईनोजको के कति प्रतिशत हिस्सा लगानी गरेको दुवैले नखुलाए पनि न्युनतम शेयर किनेका हुन् ।

सन् १९९६ मा स्थापना भएको राईनोजले चार पटक राष्ट्रिय प्रतियोगिता जित्नुको साथै युएस ओपन कप जित्ने मेजर लिग सकर (एमएलएस) भन्दा बाहिरको एक मात्र क्लब बनेको थियो । तर पछिल्ला चार वर्षमा राईनोजले कुनै पनि प्रतियोगितामा सहभागिता जनाएको छैन ।    

३४ वर्षीय इंग्ल्यान्डका पूर्व खेलाडी भार्डीले लगानी गरे सँगै राईनोजले सन् २०२२ को सिजनमा फेरी मैदानमा उत्रने लक्ष्य राखेको छ । न्युयोर्कमा रहेको यस क्लबले आगामी वर्ष अमेरिकन फुटबलको तेश्रो डिभिजनको युएसएल लिग वान खेल्ने जनाएको छ ।

सन् २०१७ को नोभेम्बरमा राईनोजले लगानीको अभाव भएको भन्दै केही विश्राम लिने जनाएको थियो ।  

भार्डीले लेस्टर छाड्दै अमेरिका आउने कुनै पनि योजना नभएको र राईनोजसँग आबद्ध हुँदा निकै खुशी भएको बताए । “राईनोजसँग जोडिन पाउँदा म निकै उत्सुक छु । केही समय अघि देखि मैले अमेरिकामा अवसरको खोजी गर्दै थिए । यसै समय मेरो राईनोजमा कुरा हुन पुग्यो । राईनोजमा पक्कै केही छ र यो नै उपयुक्त छ भन्ने पनि लाग्यो,” भार्डीले भने ।

“मलाई राईनोजको सबैभन्दा रोचक पक्ष युएस ओपन जित्दाको लागेको हो । इतिहास बोकेको क्लब पछिल्लो समय निकै खराब अवस्थामा गुज्रेको कारण पनि यसले मलाई लगानी गर्न आकर्षित गरेको हो ।”                   

 

Click to comment

Trending