Euro 2020

रोनाल्डोको किर्तीमानी दुई गोलमा पोर्चुगल बिजयी

Published

on

क्रिष्चियानो रोनाल्डोको किर्तीमानी दुई गोल र रफाएल गुरेरोको एक गोलमा पोर्चुगलले युरो २०२० को पहिलो खेलमा हङ्गेरीलाई ३-० ले हराएको छ । दोस्रो हाफको अन्तिम १० मिनेटमा उत्कृष्ट खेलेको पोर्चुगलका लागि यो तीन अंक निकै महत्वपूर्ण रहने छ ।

पहिलो हाफमा पोर्चुगलले हङ्गेरीलाई पूर्ण दवाबमा राखे पनि गोल भने गर्न असफल रह्यो । पोर्चुगलको लगतारको आक्रमणलाई हङ्गेरीका गोलरक्षक पिटर गुलासीले बचाउ गरेका थिए । तर, ४३ औँ मिनेटमा क्रिष्चियानो रोनाल्डोले पोर्चुगलका लागि निकै राम्रो मौका खेर फ्यालेका थिए । डिएगो जोटाले दिएको पासमा अनमार्क रहेका रोनाल्डोले ट्याप इन पनि गर्न असफल भएका थिए ।

यस्तै दोस्रो हाफमा पनि पोर्चुगल हावी देखिएको थियो । ४७ औँ मिनेटमा पेपेको हेडरलाई गुलासीले फेरी बचाउ गरेका थिए । यत्सै ५७ मिनेटमा हङ्गेरीले आफ्नो पहिलो प्रहार फ्रेममा राख्दा एडम सज्लाईले गरेको प्रहारलाई पोर्चुगिज गोलरक्षक रुइ पेट्रेसियोले सहज बचाउ गरेका थिए । ६८ औँ मिनेटमा फेरी गुलासीले अर्को बचाउ गर्दै हङ्गेरीलाई खेलमा राखे ।

तर, खेलको ८५ औँ मिनेटमा पोर्चुगलका लागि राफेल गुरेरोले गोल गरेका थिए । गुरेरोले गरेको प्रहार डिफेल्ट हुँदै गोल भएको थियो । तर त्यस्को दुई मिनेट पनि नबितिदै हङ्गेरीका विली ओर्बानले स्ट्राइकर राफालाई पेनाल्टी क्षेत्रमा लडाए पछी पोर्चुगलले पेनाल्टी पाएको थियो । पेनाल्टीमा रोनाल्डो चुकेनन् ।

रोनाल्डोले फेरी ९० मिनेट पछी थपिएको इन्जुरी समयको दोस्रो मिनेटमा निकै राम्रो गोल गरेका थिए । पोर्चुगलका खेलाडी राफासँग मिलाएको वान टु पासमा रोनाल्डोले तेस्रो गोल गर्दै ३-० को सहज जित निकालेका थिए । रोनाल्डोले फ्रान्सका मिचेल प्लाटिनीको ९ गोलको किर्तिमानलाई तोड्दै युरो मा सर्वधिक गोल गर्ने खेलाडी बनेका हुन् । रोनाल्डोको युरोमा अब ११ गोल भएको छ ।

अहिले खेल्दै गरेका खेलाडीहरुमा ६ गोल सहित फ्रान्सका एन्टोनी ग्रिजमन चौँथो स्थानमा छन् । दोस्रो स्थानमा पुर्व इङ्ल्याण्ड स्टाइकर आलन शेरर रहेका छन् ।

पोर्चुगलले समुह ‘एफ’ मा पहिलो खेलबाट बिजयी शुरुवात गरेको छ ।

 

Click to comment

Trending