Headline

रोनाल्डो बने युरो कपमा सर्वाधिक गोल गर्ने खेलाडी

Published

on

क्रिष्चियानो रोनाल्डोले जारी युरो कपको पहिलो खेलमै हङ्गेरी विरुद्ध गोल गर्दै युरो कपको ईतिहासमा सबै भन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् ।

८७ औँ मिनेटमा विल्ली ओर्बनले राफा सिल्भालाई लडाए पछि पाएको पेनाल्टीमा रोनाल्डोले गोल गरेका थिए । उनले दुई गोल गरेपछि पोर्चुगलले अन्तिम समयमा तीन गोल गर्दै समुह ‘एफ’ को पहिलो खेलमा हङ्गेरीलाई ३-० ले हराउँदै बिजयी शुरुवात गरेको छ ।

रोनालडोले दोस्रो गोल ९० मिनेटपछि थपिएको इन्जुरी समयको दोस्रो मिनेटमा गरेका थिए । राफासँग मिलाएको वान टु पासमा रोनाल्डोले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरेका थिए ।

रोनाल्डो फ्रान्सका मिचेल प्लाटिनीको ९ गोलको किर्तिमानलाई तोड्दै युरो मा सर्वधिक गोल गर्ने खेलाडी बनेका हुन् । अहिले खेल्दै गरेका खेलाडीहरुमा ६ गोल सहित फ्रान्सका एनटोइन ग्रिजमन चौँथो स्थानमा छन् । दोस्रो स्थानमा पुर्व इङ्ल्याण्ड स्टाइकर ऐलन शियरर रहेका छन् । रोनाल्डोको युरोमा अब ११ गोल भएको छ ।

Click to comment

Trending