अन्तर्राष्ट्रिय

वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलको टोलीमा अटाएनन् राहुल र अगरवाल

Published

on

ओपनरद्वय केएल राहुल र मायंक अगरवालले आगामी शुक्रबारबाट सुरु हुने वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलको लागि भारतीय टोलीमा स्थान बनाउन साकेनन् । त्यस्तै न्युजिल्यान्ड विरुद्ध हुने फाइनलको लागि भारतले आज पाँच जना तीब्र गतिका बलरलाई पनि स्थान दिएको छ ।

यस अघि अष्ट्रेलियामा भएको टेस्ट शृंखलामा सुरुवाती दुई खेल खेलेका अगरवाल रोहित शर्मा टोलीमा फर्किए पछि बाँकी दुई टेस्टमा आफ्नो स्थान सुरक्षित बनाउन सकेका थिएनन् । त्यस्तै पछिल्लो समय देखि टेस्टमा मौका पाउन छाडेका राहुलले फाइनलका लागि पनि भारतीय टोलीमा समावेश हुने अवसर पाएनन् ।   

विदेशी भूमिमा उत्कृष्ट प्रदर्शन गर्ने गरेका मध्यक्रमका ब्याट्सम्यान हनुमा बिहारीले पनि स्थान सुरक्षित गर्दा विकेटकिपर रिशब पन्त र रिद्धिमन साहाले पनि फाइनलको टोलीमा स्थान बनाउन सफल भएका छन् ।   

भारतले स्पिन बलरमा रविचन्द्रन अश्विन र रविन्द्र जडेजालाई स्थान दिँदा क्रमश अष्ट्रेलियामा तथा घरेलु मैदानमा भएको इंग्ल्यान्ड विरुद्धको शृंखलामा उत्कृस्ट प्रदर्शन गरेका वाशिंगटन सुन्दर र अक्सर पटेललाई वैकल्पिकको सुचीमा राखेको छ ।

भारतीय टोली – विराट कोहली (कप्तान), रोहित शर्मा शुबमन गिल, चेतेश्वर पुजारा, अजिंक्य रहाने, हनुमा बिहारी, रिशब पन्त, रिद्धिमन साहा, रविचन्द्रन अश्विन, रविन्द्र जडेजा, जस्प्रित बुम्रा, इशान्त शर्मा, मोहम्मद शामी, मोहम्मद सिराज, उमेश यादव 

 

Click to comment

Trending