Euro 2020

बेवास्ता गरिएका इन्सिग्ने इटालीका लागि स्पटलाइटमा

Published

on

लामो समय देखि स्पेनको राष्ट्रिय सेट अप मा वेवास्ता गरिएका लोरेन्जो इन्सिग्नेले इटालीको युरो कप उद्घाटन खेलमा टर्की बिरुद्धको प्रभावशाली जितमा आकर्षक गोल गर्दै आफ्नो मनसायको बारेसबैलाई जानकारी गराए ।

रोबर्टो मान्चिनीको प्रशिक्षणमा ३० बर्षिय नापोली कप्तानलाई आखिर आएर अन्तर्राष्ट्रिय दृश्यमा चम्कनको लागि शुरुवाती ११ मै स्थान दिन थालिएको छ । आफूलाई बिगतमा नजरअन्दाज गरिएको तथ्यले नै उनी आफ्नो स्थानलाई लिएर सुरक्षित महसुस गर्न सक्ने स्थितिमा छैनन् ।

तर पहिलो खेलको प्रदर्शनले बुधबार हुने स्विट्जरल्याण्डबिरुद्धको दोश्रो समुह ए खेलको लागि आफू शुरुवात गर्नेमा बिश्वस्त छन् ।

“के म लिडर जस्तो अनुभुति गरिरहेको छु? होइन, म पाको हुदै गइरहेको छु,” ९ बर्षअघि अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका इन्सिग्नेले भने । ४२ अन्तर्राष्ट्रियमा इन्सिग्नेको ९ मध्ये पछिल्लो पांच गोल मान्चिनी आएपछि नै सम्भव भएको हो।

झण्डै चार बर्ष अघि प्रशिक्षक जियान पिएरो भेन्चुराले इन्सिग्नेलाई बेञ्चबाट उपयोग गर्न नमान्दा इटाली स्विडेनसंग गोलरहित बराबरी खेल्दै १९५८ पछि पहिलो पटक बिश्वकपमा छनोट हुन असफल भएको थियो ।

सान सिरोमा नोभेम्बरको त्यो रात पुर्व बिश्वकप बिजेता ड्यानिएले डे रोस्सीलाईभेन्चुराले वार्म गर्न भन्दा उनले इन्सिग्नेतर्फ औल्याउदै प्रशिक्षकलाई झोंक्किदै प्रश्न गरेका थिएः “म किन जानु पर्यो ? हामीलाई बराबरी होइन जित चाहिएको छ ।”

त्यस समय उत्कृष्ट फर्ममा रहेका इन्सिग्नेले नापोलीका लागि सबै प्रतियोगिता गरेर सिजन भर २० गोल गरेका थिए । तर इटालियन विंगर भेन्चुराको कठोर रणनीतिमा फिट बसेनन् । पहिलो लेगमा केही समय मात्र पाएका इन्सिग्ने त्यो दिन मैदानमा टेक्नै पाएनन् ।

२०१२ मा सेजारे प्रान्डेलीले पहिलो पटक टिममा समावेश गरेका इन्सिग्ने इटालीको हरेक प्रशिक्षकको टोलीमा पर्दै आएका छन् तर उनलाई कहिल्यै पनि प्रमुख खेलाडीको रुपमा हेरिएन ।

इटाली २०१४ को बिश्वकपमा समुह चरणबाटै बाहिरिदा उनी बेञ्चमै मुक दर्शक भएर बसेका थिए । युरो २०१६ मा एन्टोनियो कोन्टेको प्रशिक्षणमा इटाली जर्मनीसंग क्वार्टर फाइनलमा पेनाल्टी सुटआउटमा हारेर बाहिरिदा पनि उनको हालत त्यही थियो ।

शुक्रबार उनले ठूलो मौका पाए, उनी पहिलो पटक प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा इटालीको लागि शुरुवात गर्दै थिए ।

“इन्सिग्ने हाम्रो लागि प्रमुख खेलाडी हुन् । मैदानमा बुन्दै गरेको आक्रमणमा जोड्ने गरेको लिंक भएकै कारण उनी हाम्रो लागि महत्वपूर्ण खेलाडी हुन्,” मान्चिनी भन्छन् ।

मान्चिनीको बिश्वासमा इन्सिग्ने शुक्रबार खरो उत्रिए । निरन्तर एकै समानको प्रदर्शन गर्दै पूर्ण व्यवसायिक देखिने कर्लिंग गोल गर्नु अघि उनी ८० मिनेटसम्म निरन्तर तलमाथि गर्दै विंगमा कुदिरहेका थिए ।

सही फ्रेममा मानसिकता

२०१० यता नापोलीका लागि झण्डै ४ सय खेले खेल्दै १ सय ९ गोल गरेका इन्सिग्नेका लागि २०२०-२०१ को सिजन मिश्रित थियो ।

उनले लिगमै आफ्नो किर्तिमानी १९ गोल गरे तर युभेन्टससंग इटालियन सुपर कपमा पराजित हुंदा पेनाल्टीमा गोल गर्न चुके । नापोली यसै सिजन च्याम्पियन्स लिगमा स्थान बनाउन पनि चुक्यो ।

तर इन्सिग्नेले लामो समय देखिका आफ्ना साथी सिरो इम्मोबिलेसंगै इटालीयन टोलीमा शुरुवात गर्न पाइरहेका छन् । लाजियो स्टार इम्मोबिलेले पनि टर्कीबिरुद्ध गोल गर्दै आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या १४ पुर्याइसकेका छन् ।

प्रशिक्षकले हाम्रो मानसिकतालाई सहि फ्रेमममा राख्दै आफूलाईव्यक्त गर्न र रमाइलोअनुभव गर्न सिकाएका छन्, इम्मोबिले र डोमेनिको बेर्रार्डीसंगको संयोजनमा खेलेका इन्सिग्नेले भने ।

फर्वार्ड पोजिसनमा यी तीनलाई टक्कर दिन सक्ने खेलाडीहरुमा टोरिनोका आन्द्रे बेलोट्टी, यभेन्टस जोडी फेडेरिको बर्नार्डस्ची र फेडेरिको चिएसासंगै सासुलोको युवा खेलाडी जियाकोमो रास्पाडोरी रहेका छन् । रास्पाडोरी पहिलो पटक टोलीमा अटाएका हुन् ।

“इटालीको मजबुच पक्ष ? इटालीको समुह हो । प्रशिक्षकले खेलाडीहरुको निकै राम्रो समुह बनाएका छन् । कसैको पनि ठांउ ग्यारेन्टी भएको छैन । जो खेल्छन् उनलाई थाहा हुन्छ के गर्ने भने र । हामी एक अर्काको सेवाका लागि उपस्थित हुने हो,” इन्सिग्ने भन्छन् ।

चिएसा र सेन्टर ब्याक फ्रान्सेस्को एसर्बी तैयार रहेको स्थितिमा मान्चिनीले इटालीको टोलीमा हेरफेर गर्न सक्छन् । तर अन्तिम १६ का लागि एक खेल बाकी हुदै स्थान बनाउनका लागि कुनै पनि रिस्क लिन कठिन हुन सक्छ ।

१९६८ को युरो कप बिजेता इटाली बुधबारको खेलमा २८ म्याच अपराजित रहेको टोलीको रुपमा खेल्नेछ भने लगातार १० खेलमा क्लिन सिट राख्ने दाउमा पनि हुनेछ ।

ब्रिल एम्बोलोले अग्रता दिलाए पनि २०१६ को युरोमा अन्तिम १६ पुगेको स्विट्जरल्याण्ड पहिलो खेलमा वेल्ससंग १-१ को बराबरीमा रोक्किएको थियो । एटलान्टाका रेमो फ्रुलर, आर्सनलका ग्रानिट जाका र लिभरपुलका जेर्दन सकिरीको उपस्थितिले स्विस टोली मिडफिल्डमा बलियो देखिन्छ ।

Click to comment

Trending