Euro 2020

युरो कप: साविक बिजेता पोर्चुगलको पहिलो खेल, फ्रान्स विरुद्ध जर्मनी खेल्दै

Published

on

युरो कपमा मंगलबार दुई खेल हुँदै छन् । साविक बिजेता पोर्चुगलले हङ्गेरीको सामना गर्दै छ । दिनको अन्तिम खेलमा जर्मनी र फ्रान्सको अर्को ठुलो खेल रहेको छ । समुह ‘एफ’ अन्तर्गत रहेका यि सबै चार टोलीहरु आफ्नो पहिलो खेल खेल्न लागेका हुन् ।

पोर्चुगल भर्सेस हङ्गेरी

पोर्चुगलका प्रशिक्षक फरनान्डो सान्टोस फेरी पनि आफ्नो टोलीलाई युरोपियन च्याम्पियन बनाउने सपना सहित मंगलबार राती बुडापेस्टमा हङ्गेरीको सामना गर्दै छन् । पोर्चुगललाई समुह ‘एफ’ को बलियो टोली मध्ये एक मानिए पनि हङ्गेरी भने यो युरो कपम ‘अन्डरडग’ रहेको छ ।

हङ्गेरीको युरोपियन फुटबलमा ईतिहास सम्झनलायक नै छ । सानो देश भए पनि १९६४ मा तेस्रो र १९७२ मा चौँथो भएको हङ्गेरी त्यस यता कहिले पनि सेमिफाइनल र फाइनलमा प्रवेश गरेको छैन । यस अघि २०१६ को युरो मा पोर्चुगललाई पछाडि छोड्दै समुह ‘एफ’ बाट नै हङ्गेरी दोस्रो चरणमा प्रवेश गरेको थियो ।

यस पटक आइसल्याण्ड र बुल्गेरियालाई प्लेअफमा हराउँदै युरोको यात्रा तय गरेको हङ्गेरीले उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको छ । २० वर्षिय स्टार खेलाडी डोमिनिक सोबोजलाई गुमाए पनि हङ्गेरी ११ खेलमा अपराजित रहेको छ । पोर्चुगल पनि गएको छ खेलमा अपराजित रहेको छ ।

खेलाडीहरु हेर्दा पोर्चुगलमा ठुला नाम र युवा स्टारहरु रहेका छन् । क्रिष्चियानो रोनाल्डो, जाओ फिलेक्स, डिएगो जोटा, ब्रुनो फर्नानडेज जस्ता खेलाडी रहेको पोर्चुगल केही बलियो अवश्य देखिन्छ । यता हङ्गेरीका लागि पनि एडम साजलाई र रोनाल्ड सालाई जस्ता अनुभवी खेलाडी भएका कारण पोर्चुगललाई सहज भने छैन ।

खेल नेपाली समय अनुसार ९:४५ बजे सुरु हुने छ ।

प्लेयर्स टु वाच

क्रिष्चियानो रोनाल्डो, पोर्चुगल

एडम नगी, हङ्गेरी

फ्रान्स भर्सेस जर्मनी

युरो कपको पहिलो दुई ठुलो देशको भिडन्तमा मंगलबार मध्यराती फ्रान्सले तीन पटकको युरो बिजेता जर्मनीको सामना गर्दै छ । डिडिएर डेस्च्याम्प्सको फ्रेन्च टोली २०१६ को फाइनलको हारलाई बिर्सिदै अगाडि बढ्न चाहन्छ भने जर्मनीका प्रशिक्षक योचिम लो भने आफ्नो अन्तिम कार्यकालमा जर्मनीलाई युरो जिताउन चाहन्छन् ।

अहिलेको फ्रेन्च टोली हेर्ने हो भने कुनै पनि पोजिसनमा नचिनेका र नराम्रा खेलाडीहरु देखिदैनन् । सबै पोजिसनमा उत्कृष्ट मानिएका खेलाडीहरु छन्र  युवा खेलाडीहरु पनि निकै छन् ।

जर्मनीमा पनि लगतार टोलीमा नपरेका म्याट हमेल्स र थोमस मुलरलाई प्रशिक्षक लो ले यस पटक बोलाएका छन् । फ्रेन्च टोलीको गएको छ खेलमा कुनैमा पनि पराजित भएको छैन । यता जर्मनीको भने एउटै फर्म रहेको छैन । २०१४ पछि खस्किएको मानिएको जर्मनी २०१६ को युरो पनि सम्झनलायक रहेन ।

फ्रान्सका लागि मंगलबार करिम बेन्जेमा खेलको शुरुवाती ११ मा नदेखिन सक्छन् । किलियन एम्बाप्पे र ओलिभर जिरुड बिच चिसिएको सम्बन्ध बारे हल्ला चलिरहदा जिरुडले भने बुल्गेरिया विरुद्ध सब्स्टिचुटमा मैदान प्रवेश गर्दै दुई गोल गरेका थिए । त्यही कारण पनि जर्मनी विरुद्ध जिरुडले शुरुवात गर्ने देखिन्छ ।

जर्मनीका लागि भने डिफेन्स राम्रो देखिएको छ । च्याम्पियन्स लिग बिजेता एन्टोनियो रुडीगर र टोलीमा फर्किएका प्रभावशाली हमेल्सका कारण जर्मनी डिफेन्समा बलियो देखिन्छ । जर्मनीको मिड्फिल्डमा पनि कुनै कमी देखिदैन । सर्जी नाब्री, काई ह्वाभर्ट्ज र थोमस मुलर जस्ता खेलाडी मिड्फिल्डमा रहेको जर्मनीको टोलीमा प्रतिभाको कमी छैन ।

खेल नेपाली समय अनुसार १२:४५ बजे सुरु हुने छ ।

प्लेयर्स टु वाच

एनटोइन ग्रिजमन, फ्रान्स

योसुवा किमिच, जर्मनी

 

 

Click to comment

Trending