Headline

मेस्सीको सुन्दर फ्रि किक गोल, पराग्वेको सहज जित

Published

on

लियोनल मेस्सीले फ्रि किकमा गोल गरेपनि अर्जेन्टिना कोपा अमेरिकाको आफ्नो पहिलो खेलमा चिलीसंग बराबरीमा रोक्किएको छ ।

रिया दि जानेरोमा भएको खेलमा मेस्सीले आफ्नो ट्रेडमार्क फ्रि किकमा उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए तर एडुवार्डो भर्गासले बराबरी गरे ।

अघिल्लो महिना बिश्वकप दक्षिण अमेरिकी छनोटमा यी दुई टोली भिड्दा चिली गोलकिपर क्लाउडियो ब्राभोले मेस्सीको एउटा फ्रि किकलाई एक्रोब्याटि बचाउ गरेका थिए भने अर्को क्रसबारमा लागेको थियो । तर यसपटक भने मेस्सी सफल भए ।

२५ मिटर परबाट मेस्सीले प्रहार गरेको फ्रि किक घुम्दै ब्राभोलाई बिट गर्न सफल भएको थियो । ३३ औं मिनेटमा निकोलस गोन्जालेजमाथि फउल भएपछि अर्जेन्टिनाले फ्रि किक पाएको थियो ।

चिलीले दोश्रो हाफको केही मिनेटपछि नै बराबरी गोल फर्काएको थियो । चिलीलले अर्जेन्टाइन बक्सभित्र दवाब बनाइरहदा आर्टुरो भिडालमाथि फउल भएपछि भिडियो असिस्टेन्ट रेफ्रिको सहयोगमा चिलीलाई पेनाल्टी दिइएको थियो ।

भिडालले नै पेनाल्टी प्रहार गरे तर उनको शट एमिलियानो मार्टिनेजलेरोक्दै क्रसबारमा ठोक्किएपनि रिबाउण्डमा भर्गासले गोल गरेका थिए ।

सोमबार नै भएको अर्को खेलमा पराग्वेले १० खेलाडीमा सिमित बोलिभियालाई ३(१ ले हरायो । खेलमा बोलिभियाले १० औं मिनेटमै एर्विन साभेड्राको पेनाल्टीबाट अग्रता लिएको थियो । तर उसले दोश्रो हाफ शुरु हुनुअघि दुई पहेलो कार्डपाउदै जुमे कुलार बाहिरिएपछि पराग्वेलाई फाइदा पुगेको थियो ।

६३ औं मिनेटमा आलेजान्द्रो रोमेरोले गोल गर्दै पराग्वेलाई खेलमा फर्काए भने एन्जल रोमेरोले ६५ र ८९ औं मिनेटमा दुई गोल गर्दै पराग्वेको जित सहज बनाएका थिए ।

Click to comment

Trending