Euro 2020

स्विडेनले स्पेनलाई गोलरहित बराबरीमा रोक्यो

Published

on

स्पने युरो कपको आफ्नो पहिलो खेलमा गोलरहित बराबरीमा रोक्किएको छ ।

सेभिलमा भएको खेलमा स्विडेनबिरुद्ध खेल अत्याधिक समय नियन्त्रणमा राखेपनि स्पेन फिनिसिंगमा भने चुकेको थियो । धेरै जसो काउन्टर अट्याक र एकाध ओपन प्लेमा खतरा बन्न सकेको स्विडेन भने गोल गर्ने शतप्रतिशत मौकाहरुमै चुकेको थियो ।

स्पेनले पहिलो हाफ पूर्ण रुपमा आफ्नो पक्षमा पार्दा स्विडेन गोलकिपर रोबिन ओल्सेनले ड्यानी ओल्मोको हेडरलाईडाइभ गर्दै मुस्किलले बचाएका थिए ।

२३ औं मिनेटमा स्विडेनको डिफेन्सबाट बल राम्ररी क्लियर नहुंदा कोकेको प्रहार पोलमा लागेर बाहिरिएको थियो । २९ औं मिनेटमा ओपन मौका पाएका कोकेको प्रहार आकाशिएको थियो । १० मिनेटपछि अल्भारो मोराटाले ओल्सेनलाई मात्र बिट गरे पुग्ने स्थितिमा अवसर बाहिर प्रहार गरेका थिए ।

पहिलो हाफको अन्त्यमा स्विडेनले बनाउको एक मात्र गोल गर्ने मौकामा चुक्यो । एलेक्जेण्डर इजाकले स्पेन गोलकिपर उनाइ सिमनलाई बिट गरे तर मार्कोस लोरेन्टले ब्लक गरेका थिए भने बल डिफ्लेक्ट हुदै पोस्टमा लागेर फर्किएको थियो ।

दोश्रो हाफमा स्विडेनले गोल गर्ने सुनौलो अवसर खेर फाल्यो । ६१ औं मिनेटमा इजाकले निकै मिहिनेतका साथ स्पेनको बक्स भित्र पुग्दै निकालेको पासमा खाली रहेका मार्कस बर्गले अप्रत्याशित रुपमा बाहिर प्रहार गरेका थिए ।

निर्धारित समय सक्किएपछि जेरार्ड मोरेनोको सटिक हेडरलाई ओल्सेनलाई राम्रो रिफ्लेक्स दिदै बचाएपछि स्पेनको अन्तिम मौका पनि खेर गएको थियो भने जोर्डी आलबाको क्रसमा सराबियाले राम्रो कनेक्सन पाउन सकेका थिएनन् ।

Click to comment

Trending