Headline

मिलान सिक्रिनिएरको उत्कृष्ट गोलमा स्लोभाकियाले पोल्यान्डलाई हरायो

Published

on

मिलान सिक्रिनिएरले बिजयी गोल गरे पछि स्लोभाकियाले पोल्याण्डलाई हराउँदै युरो २०२० को शुखद शुरुवात गरेको छ । स्लोभाकियाको जितमा अर्को गोल आत्मघातिक भएको थियो । पोल्याण्डका लागि भने कारोल लेटिनीले गरेका थिए ।

खेलको शुरुवातमा सोल्भाकिया पोल्याण्ड माथि हावी देखिएको थियो । १८ औँ मिनेटमा रोबेर्ट माकले दुई डिफेन्डरलाई बिट गर्दै गरेको प्रहार पोल्याण्डका गोलरक्षक वोजिएच सिज्नेलाई लाग्दइ आत्मघातिक गोल भएको थियो । पहिलो हाफमा त्यस पछि स्लोभाकियाले लगतार आक्रमण गरेको थियो । पोल्याण्डका मुभहरु पहिलो हाफमा थोरै बनेका थिए ।

तर, दोस्रो हाफको पहिलो मिनेटमै पोल्याण्डले गोल गर्दै खेल बराबरीमा ल्याएको थियो । पोल्याण्डका लागि कारोल लेटिनी गोल फर्काएका थिए । ६२ औँ मिनेटमा भने खेलले अर्को मोड लियो । पोल्याण्डका जेर्गोज क्रिसोवाइकले दोहोरो पहेँलो कार्ड खाए । रातो कार्ड सहित एक खेलाडी कम खेल्दै गरेको पोल्याण्डले त्यस पछि ६९ औँ मिनेटमा गोल खाएको थियो ।

मारेक हामसिकले कर्नरबाट आएको बललाई हेडिङ गर्दै पेनाल्टी क्षेत्रमा झारे पछि मिलान सिक्रिनिएरले हाफ भलीमा गोल गरेका थिए ।

खेलसँगै स्लोभाकियाले युरो २०२० मा शुखद शुरुवात गरेको छ । समुह ई मा रहेको स्लोभाकियाको तीन अंक छ ।

 

 

Click to comment

Trending