Euro 2020

सिकको जारी युरो कप कै अविश्वसनीय गोल

Published

on

प्याट्रिक सिकले जारी युरो कपकै उत्कृष्ट गोल गर्दा चेक रिपब्लिकले युरो कपको आफ्नो पहिलो खेलमा स्कटल्याण्डलाई२-० ले हराएको छ ।

ग्लास्गोमा घरेलु समर्थकहरुलाई स्तब्ध बनाउने क्रममा सिकले गरेको गोल युरो इतिहासकै उत्कृष्ट मध्येको एक रह्यो । ५२ औं मिनेटमा स्कटल्याण्डका खेलाडीले प्रहार गरेको बल आफुतिर आउदा सिकले सेन्टरबाट केही यार्ड अगाडीबाट निकै तौलिएको लामो प्रहार अगाडी बढेका स्कटिस गोलकिपर डेविड मार्सललाई बिट गर्दै सिधै जाली चुम्न पुगेको थियो ।

सिकको प्रहार यति सटिक थियो कि मार्सलले बल बचाउनका लागि प्रयास गरेपनि असफल भएका थिए । सिकले नै स्कटल्याण्डको लागि पहिलो गोल पनि गरेका थिए ।

१६ औं मिनेटमा स्कटिस गोलकिपर डेविड मार्सलले सिकले नजिकैबाट गरेको सशक्त प्रहारलाईछेक्दै खोल खानबाट बचाएका थिए । तीन मिनेटपछि स्कट म्याकटोमिनेको क्रसलाई लिन्डन डाइक्सले कनेक्ट गरेपनि फ्रेममा राख्न सकेका थिएनन् ।

३२ औं मिनेटमा स्कटल्याण्ड कप्तान एण्ड्रयु रोबर्टसनको शक्तिशाली प्रहारलाई चेक गोलकिपर थोमस भास्लिकले सुन्दर बचाउ गरेका थिए । ४२ औं मिनेटमा चेक रिपब्लिकले खेलमा अग्रता लियो । कर्नर बलमा बनेको मुभमा प्याट्रिक सिकले गोल लाइन अगाडी आएको क्रसमा दुई डिफेन्डरकोबीचबाट उत्कृष्ट हेडरमार्फत मार्सललाई बिट गरेका थिए ।

दोश्रो हाफको शुरुवातमा दुवै टोलीले लगातार मौका बनाएका थिए । स्कटल्याण्ड गोलकिपर मार्सलले दुई आकर्षक बचाउ गर्दै चेकलाई डोमिनेट गर्नबाट रोकेका थिए ।

लगत्तै ज्याक हेन्ड्रीको प्रहार चेक क्रसबारमा लागेर फर्किएको थियो । भास्लिकले पछाडी तर्फ उत्कृष्ट डाइभ गर्दैचेकलाई आत्मघाती गोल खानबाट पनि बचाउनु परेको थियो ।

६६ औं मिनेटमा डाइक्सले नजिकैबाट गरेको प्रहारलाई भास्लिकले स्ट्रेच गर्दै खुट्टाले बचाउदा स्कटल्याण्ड खेलमा फर्किन असफल भएको थियो । अघिल्लो रात नेदरल्याण्ड्स र युक्रेनले पस्केको प्रतिस्पर्धात्मक फुटबललाई निरन्तरता दिने क्रममा स्कटल्याण्ड र चेक रिपब्लिकले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

Click to comment

Trending