Euro 2020

युरो कपमा आज तीन खेल, स्पेनले स्वीडेनको सामना गर्दै

Published

on

युरो कपमा सोमबार तीन खेलहरु हुँदै छन् । दिनको पहिलो खेलमा स्कटल्याण्डले चेक रिपब्लिकको सामना गर्दै छ । दोस्रो खेलमा पोल्याण्डले स्लोभाकियासँग खेल्दा अन्तिम खेलमा तीन पटकको बिजेता स्पेनले स्विडेनसँग खेल्दै युरोको शुरुवात गर्दै छ ।

स्कटल्याण्ड भर्सेस चेक रिपब्लिक

युरोको प्लेअफको सेमिफाइनलमा इज्ररायल र फाइनलमा सर्बियालाई पेनाल्टीमा नाटकीय रुपमा पराजित गर्दै आफ्नो स्थान पक्का गरेको स्कटल्याण्डले आफ्नो पहिलो खेल खेल्दै छ । १९९६ मा पहिलो पटक युरो खेलेको स्कटल्याण्डका लागि यो खेल धेरै नै महत्वपूर्ण रहेको छ ।

दुवै टोलीको पछिल्ला ६ खेलको नतिजा हेर्दा चेक रिपब्लिकले धेरै खेल जितेको छ । तीन खेल जितेको चेक र दुई खेल जितेको स्कटल्याण्ड बिच कडा प्रतिस्पर्धाको अनुमान लगाउन सकिन्छ । स्कटल्याण्डका लागि एन्डी रोबर्टसन, चे एडम्स र बिल्ली गिल्मोर जस्ता खेलाडी छन् । चेकको टोलीमा पनि मिश्रित अनुभवी र युवा दुवै खेलाडीहरु छन् ।

चेक टोलीको मुख्य खेलाडी थोमस सोउचेक हुन् । यस्तै अन्य खेलाडीहरुमा एलेक्स कार्ल र मटेज वाय्ड्रा छन् । खेल ग्लास्गोको हाम्पडेन पार्कमा नेपाली समय अनुसार ६:४५ मा सुरु हुने छ ।

प्लेयर्स टु वाच

एन्डी रोबर्टसन, स्कटल्याण्ड

थोमस सोउचेक, चेक रिपब्लिक

पोल्याण्ड भर्सेस स्लोभाकिया

समुह ‘ई’ अन्तर्गत पोल्यान्डले स्लोभाकियासँग खेल्दै प्रतियोगिताको शुरुवात गर्दै छ । खस्किएको खेल र उमेर बढेका खेलाडीहरु राखेको भन्दै पोल्याण्डका प्रशिक्षक पाउलो सोउसालाई युरो अघि निकै दवाब खेप्नु परेको थियो । प्रशिक्षक पाउलोलाई अफिसियल प्रशिक्षक मान्न थालिसकेका पोलिस समर्थकहरुलाई यो खेलको नतिजाले केही फरक पार्ने छ ।

दुवै टोलीको पछिल्ला छ खेलको नतिजा हेर्दा दुवै टोली फर्ममा देखिदैनन् । छ खेलमा पोल्याण्डले एक खेलमा मात्रै जित निकालेको छ । पोल्याण्डको उक्त जित निकै कम वरीयताको टोली एन्डोरासँग निस्किएको थियो । यस्तै स्लोभाकियाको पनि छ खेलमा एकमा जित र एकमा हार रहेको छ ।

पोल्याण्डका लागि रोबर्ट लेवानडस्की अहिलेको अवस्थामा उत्कृष्ट खेलाडी हुन् । यस्तै सर्बियाका लागि मारेक हाम्सिक र मिलान सिक्रिनायार राम्रो खेलाडीहरु रहेका छन् । खेल सेन्ट पिटर्सबर्ग रसियामा नेपाली समय अनुसार ९:४५ बजे सुरु हुने छ ।

प्लेयर्स टु वाच

रोबर्ट लेवानडस्की, पोल्याण्ड

मारेक हामसिक, स्लोभाकिया

स्पेन भर्सेस स्विडेन

पुस्ता हस्तान्तरणका लागि तयार रहेको स्पेनले युरोमा स्विडेनसँग खेल्दै आफ्नो प्रतियोगितामा शुरुवात गर्दै छ । युरो तीन पटक जितेको स्पेनिस टोलीको नजर यस पटक पनि उपाधिमा अढिएको छ । तर, स्वीडेन पनि २००४ पछि पहिलो पटक समुह चरण पार गर्न चाहन्छ । सर्जियो बुस्केट र डिएगो लोरेन्टेलाई कोरोना संक्रमणमा कारण गुमाएको स्पेनलाई यो प्रतियोगिता सहज छैन ।

दुवै टोलीका पछिल्ला छ खेलको नतिजा हेर्दा स्पेनले कुनै पनि खेल हारेको छैन । स्विडेनको पनि छ खेल मद्धे पाँच खेलमा जित रहेको छ । स्पेनका लागि युवा खेलाडीहरुका लागि मौका रहँदा फेरान टोरेस, लापोर्टे र जेराड मोरेनोका चम्किने आशा गर्न सकिन्छ । स्विडेनको टोली पनि २०१६ को युरो यताकै बलियो छ । भिक्टर लिन्डलफ, मिकेल लुस्टिग र एलेक्ससान्डर इसाक स्विडेनका लागि राम्रा खेलाडीहरु हुन् ।

खेल नेपाली समय अनुसार मध्यरात १२:४५ बजे सुरु हुने छ ।

प्लेयर्स टु वाच

पाउ टोरेस, स्पेन

भिक्टर लिन्डलफ, स्विडेन

Click to comment

Trending