Headline

कोपा अमेरिका: कोलम्बियासँग इक्वेडर पराजित

Published

on

एड्विन कार्डोनाको एक मात्रै निर्णायक गोलमा कोलम्बियाले इक्वेडरलाई हराउँदै कोपा अमेरिकामा बिजयी सुरुवात गरेको छ ।

खेलको पहिलो समय देखी नै इक्वेडरले मौकाहरु बनाए पनि सफल हुन पाएन । पहिलो हाफमा मात्रै पाँच प्रयास गरेको इक्वेडरले गोल भने गर्न सकेन । ४१ औँ मिनेटमा एड्विन कार्डाेनाले गोल गर्दै कोलम्वियालाई १–० को अग्रता दिलाएका थिए ।

फ्रिकिकबाट मिगुइल बोर्जाको पासमा कार्डाेनाले गोल गरेका थिए । गोल केही विवादित बने पछि रेफ्रीले भिएआर हेर्दाइ गोल दिएका थिए ।

दोस्रो हाफमा कोलम्बिया पूर्ण रक्षापङ्तीमा खेल्यो । काउन्टर अट्याकहरुमा चुस्त देखिए पनि कोलम्बियाको दोस्रो हाफमा फिनिसिङ रहेन । इक्वेडरको पनि लगतार गरेको आक्रमणहरु कोलम्बियाको डिफेन्डरहरुले किल्यर गरेका थिए । दोस्रो हाफमा इक्वेडर निकै खतरनाक देखिए पनि कोलम्बियाका गोलरक्षक ओस्पिनाले धेरै बचाउहरु गरेका थिए ।

जितसँगै समूह ‘ए’ मा रहेको कोलम्बियाले ३ अंक जोडेको छ । साविक विजेता ब्राजिलले उद्घाटन खेलमा भेनेजुएलालाई ३–० ले पराजित गर्दा गोलअन्तरको आधारमा कोलम्बिया दोस्रो स्थानमा छ ।

 

Click to comment

Trending