Headline

कोपा अमेरिका: ब्राजिलको बिजयी शुरुवात

Published

on

मार्क्वीनिहोस, नेमार जुनियर र गब्रियल बर्बोसाको गोलमा ब्राजिलले २०२० कोपा अमेरिकाको पहिलो खेलमा भेनेजुएलालाई ३-० ले हराएको छ ।

निकै नै एकपक्षिय बनेको खेलमा ब्राजिलले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको थियो । ब्राजिलका लागि पहिलो गोल २३ औँ मिनेटमा मार्क्वीनिहोसले गरेका थिए । ब्राजिलले पाएको कर्नरबाट आएको बललाई उनले पोस्ट नजिकैबाट जाली चुमाएका थिए ।

पहिलो हाफ १-० को अग्रता सहित सक्काए पनि ब्राजिलले धेरै मौकाहरु गुमाएको थियो । यस्तै दोस्रो हाफको ६५ औँ मिनेटमा नेमार पेनाल्टीमार्फत गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारेका थिए । नेमारलाई लडाए पछी पाएको पेनाल्टीमा उनी आँफैले गोल गरेका थिए ।

खेलको अन्तिम समयमा ग्याब्रिएल बर्बोसाले नेमारले दिएको पासमा अन्तिम गोल गरेका थिए । नेमारको क्रसलाई बर्बोसाले सहजै गोल गर्दै ब्राजिललाई ३-० को सहज जित तर्फ डोर्याए ।

कोरोना भाईरसका कारण आठ खेलाडी गुमाएको भेनेजुएला खेलमा निरह देखिएको थियो ।

यस जितसँगै ब्राजिलले समूह ए मा ३ अंक जोडेको छ । ब्राजिलले अब अर्को खेलमा पेरुको सामना गर्नेछ भने भेनेजुएलाले कोलोम्बियासँग खेल्नेछ ।

 

 

Click to comment

Trending