Euro 2020

नेदरल्याण्ड्सको युक्रेनमाथि सनसनीपूर्ण जित

Published

on

रोमाञ्चक खेलमा युक्रेनलाई ३-२ ले पराजित गर्दै नेदरल्याण्ड्सले युरो कपमा बिजयी शुरुवात गरेको छ ।

एम्स्टरड्यामको योहान क्रुएफ एरिनामा घरेलु दर्शकको साथ पाएको नेदरल्याण्ड्सले पहिलो हाफ पूर्ण रुपमा लिएको नेदरल्याण्ड्सलेदोश्रो हाफमा ७ मिनेटको अन्तरमा जर्जिनियो वाइनाल्डम र वुट वेगहोसको गोलबाट अग्रता लिएको थियो ।

आन्द्रे यार्मोलेन्को र रोमन यारेम्चुकले चार मिनेट भित्रै दुई गोल गरेपछि युक्रेन निर्धारित समय सकिनु भन्दा १५ मिनेट अघि सनसनीपूर्ण रुपमा खेलमा फर्किएको थियो । तर खेलमा उत्कृष्ट प्रदर्शन गरेका डेन्जल डम्फ्रिजले ८५ औं मिनेटमा गोल गरेपछि नेदरल्याण्ड्सको जित सुनिश्चित भएको थियो ।

पहिलो हाफमा एउटै गतिलाई कायम राखेको डच टोलीलाई युक्रेनी गोलकिपर हियोरही बुस्चानले एकपछि अर्को बचाउ गर्दै रोक्न सफल भएका थिए । उनले मेम्फिस डिपे, वाइनाल्डम र डम्फ्रिजकोनिश्चित गोल हुने प्रहारहरु उत्कृष्ट ढंगले रोकेका थिए ।

युक्रेनले पनि उत्तिकै राम्रो मुभहरु बनाए पनि फाइनल थर्डमा प्रभावकारी रहन असफल रहेको थियो ।

नेदरल्याण्ड्सले दोश्रो हाफ भएको शुरु भएको ७ मिनेटपछि नै अग्रता बनायो । राम्रो टिम गेममा डम्फ्रिजले डिपेको लागि निकालेको क्रस बुस्चानले डाइभ गर्दै छेकेपनि रिबाउण्डमा आएको बलमा वाइनाल्डमले सुन्दर गोल गरे।

डम्फ्रिजले युक्रेनी पोस्टमा दवाब राख्दै गर्दा डिफेन्सबाट आएको बललाई वुट वेगहासर््टले नजिकैबाट गोल गरेका थिए । त्यसपछि अर्को १० मिनेट युक्रेनको नाममा रह्यो ।

यार्मोलेन्कोले प्रतियोगिताकै उत्कृष्ट गोल गर्दै युक्रेनको आशालाई कायम राखे । बक्स बाहिरबाट कलिंंग बल प्रहार गर्दा अगाडी बढेका गोलकिपर मार्टिन स्टेकेलेनबर्गले डाइभ गर्दै बचाउने प्रयास गरेपनि बिट भएका थिए ।

चार मिनेटपछि नै युक्रेनले बराबरी गर्यो । रुस्लान मालिनोभ्स्कीको फ्रि किकमा रोमान यारेम्भुकले हेडरमार्फत बटम कर्नरमा सुन्दर गोल गरेका थिए ।

यसअघि उत्कृष्ट बचाउहरु गरेका बुस्चान नेदरल्याण्ड्सको बिजयी गोल भने बचाउन असफल रहे । नथान एकेको हाइ क्रसमा डम्फ्रिजको हेडर डाइभ गर्दै गरेका बुस्चानको अगाडी ड्रप हुदै गोल हुन पुगेको थियो ।

Click to comment

Trending