Euro 2020

जिरुडको गुनासोले एम्बाप्पे दुखी 

Published

on

फ्रान्सका स्टार स्ट्राइकर किलियन एम्बाप्पेले ओलिभर जिरुडको गुनासोले आफू निकै दुखी भएको जनाएका छन् । 

बुल्गेरिया विरूद्धको खेलमा आफू गोल गर्न सक्ने अवस्थामा रहेको भए पनि फ्रान्सका अन्य खेलाडी साथीहरूले आफूलाई बल नदिएको जिरुडले गुनासो गरेका थिए । जिरुडले कुन खेलाडीले उनलाई बल पास नदिएको नबताए पनि धेरैको अनुमान पिएसजी स्टार एम्बाप्पे रहेका थिए ।

एम्बाप्पे भने यस विषयलाई ठुलो बनाउन चाहँदैनन् । तर एम्बाप्पेले यदि आफूले जिरुडलाई बल नदिएको भन्ने लागेको भए प्रेसमा जानु भन्दा आफूसँग आएर कुरा गर्न पर्ने धारणा राखे ।  

“मैले यस विषयमा जिरुडसँग कुरा गरे । सबैलाई थाहा छ के भएको भन्ने कुरा,” एम्बाप्पेले पत्रकार सम्मेलनका क्रममा भने ।  

“यो कुरा सत्य हो कि मलाई केही हदसम्म भए पनि असर गरेको छ । तर म यस विषयलाई बढावा दिन चाहन्न । सबैभन्दा महत्वपूर्ण विषय के हो भने हामी अहिले युरो कपका लागि फ्रान्सको प्रतिनिधित्व गरेर यहाँ आएका छौं ।”

“अर्को के पनि हो भने यस्ता कुराले खासै चिन्तित बनाउँदैन । किन भने म एउटा स्ट्राइकर हो र मलाई पनि खेलको समयमा ३६५ पटक नै यस्तै भावना आउँदछ ।”

“खेल पछि मैले लकर रुममा उनलाई बधाई दिए । उनले मलाई केही पनि भनेनन् । तर पछि सञ्चारमाध्यमबाट सुने । उनले मलाई केही नराम्रो भने जस्तो पनि लाग्दैन । मेरो विचारमा उनले मिडियामा भन्ने भन्दा पनि मसँग आएर कुरा गरेको भए राम्रो हुन्थ्यो । यो एकदम सानो कुरा हो । हाम्रो टोली यस्ता साना कुरामा अड्केर बस्न हुन्न ।”

फ्रान्सले युरो कपको आफ्नो पहिलो खेलमा मंगलबार जर्मनीको सामना गर्नेछ ।

 

Click to comment

Trending