Headline

नर्थ मेसेडोनियालाई हराएको अष्ट्रियाको युरोमा एतिहासिक जित

Published

on

दोस्रो हाफमा दुई गोल गरे पछी अष्ट्रियाले युरोपियन प्रतियोगिताको ईतिहासमा आफ्नो पहिलो तीन अंक हात पारेको छ । नर्थ मेसेडोनियालाई ३-१ ले हराएको अष्ट्रियाका लागि स्टेफ्यान लाइनेर, मिचेल ग्रेगोरिस्ट्च र मार्को अर्नाटोभिचले गरेका थिए ।

नर्थ मेसेडोनियाका लागि पनि गोल एतिहासिक बन्न पुग्यो । आफ्नो डेब्यु युरोमा मेसेडोनियाका लागि गोरान पाण्डेभले गोल गरेका थिए ।

खेलमा पहिलो गोल अष्ट्रियाका लागि स्टेफ्यान लाइनेरले गरेका थिए । १८ औँ मिनेटमा मार्केल साबिटाइजरको पासमा लाइनरले गोल गर्दै अष्ट्रियालाई अग्रता दिलाएका थिए । तर, नर्थ मेसेडोनियाका लागि भने २८ औँ मिनेटमा बराबरी गोल फर्काएको थियो । गोरान पाण्डेभले अष्ट्रियाका लागि गोल फर्काउँदै पहिलो हाफ १-१ को बराबरीमा सक्न सफल भएका थिए ।

दोस्रो हाफमा भने मेसेडोनियाले राम्रो मौकाहरु बनाउन सकेन । अष्ट्रियाले भने दोस्रो हाफमा दुई गोल थप्न सफल रह्यो । ७८ औँ मिनेटमा मिचेल ग्रेगोरिस्ट्च र ८९ औँ मार्को अर्नाटोभिचले गोल गर्दै अष्ट्रिया ३-१ को जित दिलाएका थिए । तीन पटक मात्रै युरो खेल्दै गरेको अष्ट्रियाको यो युरो ईतिहासमै पहिलो जित हो ।

जितसँगै अष्ट्रिय समुह ‘सी’ मा शिर्ष स्थानमा उक्लिएको छ । अब हुने दोस्रो खेलमा नेडर्ल्याण्ड्सले युक्रेनको सामना गर्दै छ ।

 

 

 

Click to comment

Trending