Headline

सनसनीपूर्ण पुनरागमनपछि जोकोभिचले जिते फ्रेञ्च ओपन

Published

on

सर्बियन स्टार नोभाक जोकोभिच सनसनीपूर्ण पुनरागमन गर्दै दोश्रो पटक फ्रेञ्च ओपन च्याम्पियन बनेका छन् ।

रोल्याण्ड ग्यारोमा आइतबार पांच सेट सम्म चलेको फाइनलमा जोकोभिचले पहिलो दुई सेट ७-६ (८-६) र ६-२ ले हारेका थिए । तर अघिल्लो बर्षको फ्रेञ्च ओपन सेमिफाइनलमा जस्तै जोकोभिचले आफूभन्दा १२ बर्ष कान्छा सितसिपासबिरुद्ध अर्को उत्कृष्ट पुनरागमन गरे ।

जोकोभिचले बाकीका तीन सेट ६-३, ६-२ र ६-४ ले जित्दै करिअरको १९ औं ग्राण्ड स्ल्याम जिते ।

उनी अब टेनिसका अर्का दुई महान खेलाडी स्विस लेजेण्ड रोजर फेडेरर र स्पेनिस राफेल नाडलको सर्वाधिक ग्राण्ड स्ल्याम जितबाट मात्र एक जित टाढा छन् । तर जोकोभिचले आइतबार नाडाल र फेडेररले गर्न नसकेको काम गरेका छन् ।

जोकोभिच ५२ बर्षमा सबै ग्राण्ड स्लयाम (युएस ओपन, अष्ट्रेलियन ओपन, फ्रेञ्च ओपन र विम्बल्डन) एक पटक भन्दा बढी जित्नेखेलाडी बनेका छन् । यस क्रममा उनले रोय एमर्सन र रड लेभरको किर्तिमानको बराबरी गरेका हुन् ।

लेभरले १९६९ मा यो किर्तिमान कायम गरेका थिए भने त्यसपछि कुनै पनि खेलाडीले यसलाई बराबरी गर्न सकेका थिएनन् ।

सितसिपास भने पहिलो पटक ग्राण्ड स्ल्याम फाइनल खेलिरहेका थिए । जोकोभिचको यो छैटौं फ्रेञ्च ओपन फाइनल थियो । यसअघिका सबै फाइनलमा उनी क्ले कोर्टका किंग मानिएका नाडालसंग हारेका थिए ।

२००८ मा पहिलो ग्राण्ड स्ल्याम जितेका जोकोभिचले सबैभन्दा बढी अष्ट्रेलियन ओपन ९ पटक जितेका छन् । यस्तै उनले विम्बल्डन पांच पटक र युएस ओपन चार पटक जितेका छन् ।

सितसिपासको पराजयसंगै नाडाल, जोकाभिच र फेडेररको बिग थ्रि बाहेक नयां पुस्ताका खेलाडीले ग्राण्ड स्ल्याम जितेको हेर्न अझै कुर्नु पर्ने भएको छ ।

Click to comment

Trending