Headline

सान्चेजले कोपा अमेरिकाको समुह चरणका खेल गुमाउने 

Published

on

चिलीका एलेक्सिस सान्चेजले कोपा अमेरिका अन्तर्गतका समुह चरणका खेलहरू गुमाउने भएका छन् ।

चिली राष्ट्रिय टोलीले यसको पुष्टि गर्दै ३२ वर्षीय सान्चेजले अभ्यासका क्रममा चोट बोक्दा समुह चरणका सबै खेलहरू गुमाउने जनाएको छ ।         

हालै इन्टर मिलानलाई ११ वर्ष पछि सिरी आ को उपाधि दिलाउन मुख्य भूमिका खेलेका सान्चेजको खुट्टाको बूढी औलाको माँसपेसी च्यातिएको हो । अहिले उनले आफ्नो उपचार राष्ट्रिय टोलीका चिकित्सकहरूसँग नै गराईरहेका छन् भने पूर्ण ठिक हुने बेला सम्ममा कम्तिमा पनि समुह चरणका खेल सकिने चिली फुटबल संघले जनाएको छ ।

सन् २००६ मा पहिलो पटक चिलीको राष्ट्रिय टोलीमा डेब्यु गरेका सान्चेजले १३८ खेल खेल्दै ४६ गोल गरेका छन् । उनी चिलीको तर्फबाट सर्वाधिक खेल खेल्ने तथा सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।

चिलीले कोपा अमेरिकाको आफ्नो पहिलो खेलमा आज राती अर्जेन्टिनाको सामना गर्नेछ । त्यसको चार दिन पछि उसले बोलिभियासँग खेल्ने छ ।    

Click to comment

Trending