अन्तर्राष्ट्रिय

वर्ल्ड टेस्ट च्याम्पियनसिप अघि न्युजिल्यान्डलाई इंग्ल्यान्ड विरुद्धको टेस्ट शृंखला 

Published

on

घरेलु टोली इंग्ल्यान्ड विरुद्धको दोश्रो तथा अन्तिम टेस्टमा आठ विकेटको सहज जित निकाल्दै न्युजिल्यान्डले टेस्ट शृंखला माथि कब्जा जमाएको छ । पहिलो टेस्ट बराबरीमा सकिए पछि दोश्रो टेस्टमा जित निकाल्दा न्युजिल्यान्डले शृंखला १-० ले आफ्नो पक्ष्यमा पार्न सफल भएको हो ।

चौथो दिन औपचारिकता मात्र बाँकी रहेको खेलमा ३८ रनको लक्ष्य पक्ष्याएको न्युजिल्यान्डले एक विकेटको नोक्सानीमा जित हात पार्यो । 

चौथो दिनको खेल नौं विकेटको नोक्सानीमा मात्र १२२ रनबाट सुरु गरेको इंग्ल्यान्डले पहिलो बलमा नै विकेट गुमाउँदा ३७ रनको मात्र अग्रता कायम गर्न सक्यो ।

न्युजिल्यान्डको जितमा दोश्रो पारीमा म्याट हेनरी र निल वागनरले समान ३-३ विकेट लिए भने एजाज पटेल र ट्रेन्ट बोल्टले पनि समान २-२ विकेट आफ्नो नाममा दर्ता गराउन सफल भए । पहिलो पारीमा बोल्टले सर्वाधिक चार विकेट लिएका थिए पनि हेनरीले तीन तथा पटेलले दुई विकेट हात पारेका थिए । 

टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले आफ्नो पहिलो पारीमा ३०३ रन बनायो भने जबाफी ब्याटिङ गरेको न्युजिल्यान्डले ३८८ रन जोड्दै ८५ रनको अग्रता लिन सफल भएको थियो । 

इंग्ल्यान्डको लागि पहिलो पारीमा ड्यान लरेन्स र रोरी बर्न्सले सामना ८१-८१ रन बनाए भने मार्क उडले पनि ४१ रनको पारी खेले ।  

न्युजिल्यान्डका विल योङले सर्वाधिक ८२ रन बनाए भने डेभन कन्वे र रस टेलरले समान ८०-८० रनको योगदान दिए ।  

इंग्ल्यान्डका स्टुवार्ट ब्रोडले सर्वाधिक चार विकेट हात पारे भने मार्क उड र ओली स्टोनले समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए ।

न्युजिल्यान्डले अब जुन १८ तारिकबाट सुरु हुने वर्ल्ड टेस्ट च्याम्पियनसिपमा भारतको सामना गर्नेछ ।   

 

Click to comment

Trending