Headline

युरो कप: इङ्ल्याण्ड, क्रोएसियाको टक्कर, नर्थ मेसेडोनिया डेब्यु गर्दै

Published

on

युरो २०२० को तेस्रो दिन आइतबार तीन खेलहरु हुँदै छन् । समुह ‘डी’ अन्तर्गत को पहिलो खेलमा इङ्ल्याण्डले क्रोएसिया विरुद्ध खेल्दै छ । समुह ‘सी’ को पनि पहिलो खेलमा अष्ट्रिया र नर्थ मेसेडोनिया खेल्दै छन् । दिनको अन्तिम खेलमा युक्रेनले नेदरल्याण्ड्सको सामना गर्ने छ ।

इङ्ल्याण्ड भर्सेस क्रोएसिया

२०१८ को विश्वकपको सेमीफाइनलमा इङ्ल्याण्डलाई हराउँदै फाइनल प्रवेश गरेको क्रोएसियाले तीन वर्ष पछि फेरी उही प्रतिद्वन्दीसँग खेल्दै छ । ग्यारेथ साउथगेटको इङ्ल्याण्ड टोली पहिले भन्दा केही बलियो देखिएको छ । युवा खेलाडी धेरै रहेको हालको इङ्ल्याण्ड टोलीमा प्रतिभाशाली खेलाडीहरुको पनि कमी छैन ।

क्रोएसियाको २०१८ को स्वर्ण पुस्ता मानिएको टोलीका धेरै खेलाडीहरु अझै पनि यही टोलीमा रहदा युरोको उपाधिका लागि समर्थकहरुले आशा मारेका छैनन् । क्रोएसियाले वेम्बली रङशालामा २२ हजार ५ सय समर्थकको अगाडि खेल्दै गर्दा इङ्ल्याण्डको पछिल्लो पाँच खेलमा पनि नजर लगाउनु पर्ने छ ।

इङ्ल्याण्डले खेलेको पछिल्लो पाँच खेलमा एकमा पनि पराजित भएको छैन । क्रोएसियाले अन्तिम पाँच खेलमा दुई खेलमा मात्रै जित निकाल्न सकेको छ ।

इङ्ल्याण्डको टोलीमा ह्यारी मग्वायर लामो समयको चोट पछि फर्किएका छन् । अग्रपङ्तीमा ह्यारी केन र मिड्फिल्डमा मेसन माउन्ट जस्ता प्रभावशाली खेलाडी रहेको इङ्ल्याण्डको गोलरक्षकमा नयाँ नाम देख्न पाइने छ । क्रोएसियाका लागि मटियो कोभाचिच र लुका मोड्रिच ठुलो नाम हुन् । यस्तै एन्टे रेबिच र ब्रुनो पेटकोभिच पनि आशालाग्दा खेलाडी हुन् । खेल नेपाली समय अनुसार ६:४५ मा सुरु हुने छ ।

प्लेयर्स टु वाच

मेसन माउन्ट, इङ्ल्याण्ड

 

एन्टे रेबिच, क्रोएसिया

अष्ट्रिया भर्सेस नर्थ मेसेडोनिया

युरोपियन प्रतियोगितामा पहिलो पटक खेल्दै गरेको नर्थ मेसेडोनिया विरुद्ध अष्ट्रियालाई पनि युरोपियन प्रतियोगितामा पहिलो जित दर्ता गराउने अवसर छ । दुवै टोली एक अर्काका नजिकका प्रतिद्वन्दी हुन् । नर्थ मेसेडोनिया र अष्ट्रिया युरो छनोटमा एकै समुहमा थिए । जहाँ अष्ट्रियाले दुवै खेल जितेको थियो ।

आफ्नो तेश्रो युरोपियन प्रतियोगिता खेल्दै गरेको अष्ट्रियाका लागि ठुलो खेलाडीहरुको चोटले खेलमा गार्हो पर्ने छ । कप्तान जुलियन ब्रौमगार्टिङरलाई पनि अष्ट्रियाले चोटका कारण गुमाएको छ ।

अष्ट्रियाका लागि आशा लाग्दा खेलाडी रियल म्याड्रिडका डेभिड अलबा नै हुने छन् । मेसेडोनियाका लागि भने लिड्स युनाइटेडका एग्जान एल्लिओस्की र कप्तान गोरान पान्डेव जस्ता खेलाडीको खेलले धेरै असर पर्ने देखिन्छ ।

खेल नेपाली समय अनुसार राती ९:४५ बजे सुरु हुने छ ।

प्लेयर्स टु वाच

एग्जान एल्लिओस्की, नर्थ मेसेडोनिया

डेभिड अलबा, अष्ट्रिया

नेदरल्याण्ड्स भर्सेस युक्रेन

दिनको अन्तिम खेलमा नेदरल्याण्ड्स युक्रेनको सामना गर्दै छ । समुह ‘सी’ बाट यही दुई टोलीलाई अर्को चरणमा जान सक्ने टोली मानिएको छ । नेडर्ल्याण्ड्सको हालको फर्म युक्रेनको भन्दा राम्रो देखिन्छ ।

पछिल्ला छ खेलको नतिजाहरु हेर्दा नेदरल्याण्ड्सले एक हार र एक बराबरी ब्यवहोरेको छ । युक्रेन गएको पाँच खेलमा अपराजित रहेको छ भने दुई खेल मात्रै जितेको छ, अन्य खेल बराबरीमा सक्किएका थिए ।

नेदरल्याण्ड्सलाई चोटको धेरै समस्या छ । भर्जिल भ्यान डाइकलाई युरो अघि नै गुमाएको डच टोलीका लागि मिड्फिल्डर डोनी भ्यान डि बिक पनि हुने छैनन्चो ।

युक्रेनका लागि ओलेसान्डर जिचेन्को, रुस्लान मिलानोबिस्की र रोमन यारेनचुक जस्ता प्रभावशाली खेलाडीहरुको प्रदर्शन हेर्न लायक रहने छ ।

खेल मध्यराती १२:४५ बजे सुरु हुने छ ।

प्लेयर्स टु वाच

मेम्पिस डेपाए, नेदर्ल्याण्ड्स

ओलेसान्डर जिचेन्को, युक्रेन

 

 

Click to comment

Trending