Euro 2020

गोल गर्ने बित्तिकै लुकाकुले एरिक्सनलाई क्यामरामार्फत सम्बोधन गर्दै भने: क्रिस आई लभ यु

Published

on

बेल्जियन स्ट्राइकर रोमेलु लुकाकुले शनिबार रुसबिरुद्ध दुई गोल गर्दै समर्थकहरुलाई खुशी मात्र दिएनन्, केही घण्टा अघि मैदान मै अचेत भएका डेनमार्क स्टार क्रिस्चियन एरिक्सनलाई सम्बोधन गर्दै सबैको मन पनि जिते ।

लुकाकुको उच्च प्रदर्शनमा विश्व नम्बर एक टोली बेल्जियमले युरो कपको आफ्नो पहिलो खेलमा रुसलाई ३-० ले हरायो ।

केही घण्टा अघि भने फिनल्याण्डविरुद्धको खेलको पहिलो हाफमा एरिक्सन अचेत भएर ढल्दा युरो कपको रोमाञ्चकाबीच फुटबल समर्थकहरुले निकै तनाव र डर को महसूस गरेका थिए । एरिक्सनलाई मैदानमै केही समय आकास्मिक उपचार दिरहदा डेनिस समर्थक हरुसंगै फिनल्याण्डका समर्थकहरु पनि उनको लागि कामना गरिरहेका थिए ।

कति समर्थकहरु रोएको दृश्य निकै भावुक पनि थियो । तीन खेल रहेको दिन बेल्जियमको सशक्त प्रदर्शनले भन्दा एरिक्सनको अवस्थाले नै सबैको ध्यान तानिरह्यो । बेल्जियमले खेल्दै गर्दा उनका इन्टर मिलान टिममेट लुकाकुको पनि ।

क्यामरामा हेरेर एरिक्सनलाई सम्बोधन गर्दै लुकाकु

लुकाकुले दशौ मिनेटमै गोल गरेपछि कर्नर फ्ल्याग तिर गए, उनि सँगै खुशियाली मनाउन आउन लागेका साथिहरुलाई रोके र क्यामरामा हेर्दै भने: “क्रिस, क्रिस आई लभ यु” । लुकाकुको यो भिडियो र फोटोहरु केही बेर मै सामाजिक संजालहरुमा भाइरल भए ।

बेल्जियम फुटबल इतिहासका सर्वाधिक गोलकर्ता लुकाकुलाई लिएर थुप्रैको सम्मान पनि बढ्यो ।

इन्टर मिलानले यसै सिजन इटालियन सिरी आ को उपाधि जित्दा लुकाकु र एरिक्सनको सम्बन्ध पनि राम्रो बनेको थियो । दुबैले इन्टरलाई दश बर्ष पछि लिग जिताउदा महत्वपुर्ण भूमिका खेलेका छन् ।

एरिक्सन अहिले खतरामुक्त भैसकेका छन् र लुकाकुले देखाएको यो मायाले उनि केही बेर भावुक अवश्य हुनेछन् ।

Click to comment

Trending