Euro 2020

डि ब्रुन अनुपस्थित भए पनि बेल्जियमको फराकिलो जित

Published

on

प्रमुख खेलाडी केभिन डि ब्रुनको अनुपस्थितिमा पनि सशक्त प्रदर्शन गर्दै बेल्जियमले युरो कपको आफ्नो पहिलो खेलमा रुसलाई ३-० ले पराजित गरेको छ ।

सेन्ट पिटर्सबर्गमा बिश्व नम्बर १ टोली बेल्जियमको जितमा रोमेलु लुकाकुले २ र थोमस मुनिएरलेएक गोल गरेका थिए । यद्दपि, बेल्जियमको दुवै गोल रुसको रक्षापंक्ति कमजोर हुंदा सम्भव भएको थियो ।

म्यानचेस्टर सिटी प्लेमेकर डि ब्रुन च्याम्पियन्स लिगको फाइनलमा घाइते भएपछि उनले पहिलो खेल गुमाएका हुन् । बेल्जियमको हालको युरो टोलीमा रहेपनि आंखा र नाकको हड्डीमा लागेको चोटको शल्कृया गरेर डि ब्रुन ठिक हुने प्रयासमा रहेका छन् ।

युरोको शुरुवाती खेलमा महत्वपूर्ण जित हात पार्दा डि ब्रुनको अनुपस्थितिले बेल्जियमलाई गाह्रो भने भएन ।

१० औं मिनेटमा लुकाकुले कमजोर रुसी रक्षापंक्तिको फाइदा उठाउदै गोल गरेको थिए । आन्द्रे सेमेनोभले क्लियर गर्न असफल हुंदा आफूतिर आएको बललाई लुकाकुले सहज गोल गरे।

लुकाकुले २०१८ बिश्वकपपछि खेलेका १९ खेलमा २२ गोल गरिसकेका छन् । उनले बेल्जियमका लागि कुल ६१ गोल गर्दै राष्ट्रिय टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडीको शिर्ष स्थानमा रहेका छन् ।

३४ औं मिनेटमा बेल्जियमले अग्रता दोब्बर पार्यो र यसपटक गल्ति रुसी गोलकिपर एन्टोसुनिनको रह्यो । सुनिनले बललाई समात्न नसकेपछि रिबाउण्डमा आएको बलमा थोमस मुनिएरले आरामले गोल गरेका थिए ।

रुसले दोश्रो हाफमा निरन्तर गोल गर्ने प्रयास गरेपनि बेल्जियमको बलियो रक्षापंक्तिले सफल हुन दिएन । आफ्नै भुमिमा २०१८ मा भएको बिश्वकपमा स्पेनलाई हराउदै क्वर्टर फाइनलसम्मको यात्रा तय गरेको रुसको लागि यो खराब शुरुवात बन्न पुग्यो। यसको कारण उसले घरेलु मैदानमा देखाएको फितलो प्रदर्शन पनि हो ।

रुसले गोलको प्रयास गर्दै गर्दा ८८ औं मिनेटमा लुकाकुले उत्कृष्ट दौडमा काउन्टर अट्याकमा बनेको मुभमा गोल गर्दै बेल्जियमको जित सुनिश्चित गरेका थिए ।

Click to comment

Trending