Headline

फिनल्याण्डको एतिहासिक जितमा गोलरक्षक लुकास हार्डिकी नायक

Published

on

फिनल्याण्डले आफ्नो पहिलो युरोपियन प्रतियोगिताको डेब्यु खेलमा जित निकालेको छ । डेनमार्कलाई १-० ले हराउँदै फिनल्याण्डले युरो २०२० मा पहिलो तीन अंक हात पारेको छ । फिनल्याण्डका लागि जोएल फोजानफालोको एक मात्रै गोल ईतिहास लेख्न काफी रह्यो । फिनल्याण्डको जितमा नायक भने गोलरक्षक लुकास हार्डिकी नायक बने । हार्डिकीले खेलमा पेनाल्टी बचाएका थिए ।

फिनल्याण्डलाई डेनमार्कले खेलभरी लगतार दवाबमा राखेको थियो । पहिलो हाफमा पनि निकैनै मौकाहरु बनाएको डेनमार्कका लागि गोलरक्षक लुकास हार्डिकीले उत्कृष्ट बचाउहरु गरेका थिए । पहिलो हाफमा क्रिष्चियन एरिकसन अचेत हुँदै मैदानमा ढले पछि भने खेल ३५ मिनेट रोकिएको थियो ।

खेल केही समय रोक्किए पछि पुन: सुरु हुँदा डेनमार्कले फेरी पनि मौकाहरु बनायो तर सफल भने रहेन । फिनल्याण्डले खेलमा बनाएको एउटा मात्रै मौका जित निकालेको थियो । उरोनेनको क्रसमा जोएल फोजानफालोको हेडेर गोल भए पछि फिनल्याण्डले अग्रता लिएको थियो । तर, डेनमार्कले खेलमा पेनाल्टी पाए पनि सदुपायोग गर्न नसक्दा पराजित हुन बाध्य रह्यो ।

७३ औँ मिनेटमा युसेफ पोलसेनलाई लडाए पछि पाएको पेनाल्टीमा डेनमार्कका पिएरे एम्रिक होइबर्ग चुक्न पुगेका थिए । उनको पेनाल्टीलाई फिनल्याण्डका गोलरक्षक हार्डिकीले बचाएका थिए । हार्डिकीले पेनाल्टी बाहेक खेलमा ६ उत्कृष्ट बचाउ गरेका थिए ।

जितसँगै फिनल्याण्ड समुह ‘बि’ को शिर्ष स्थानमा उक्क्लिएको छ ।

Click to comment

Trending