अन्तर्राष्ट्रिय

न्युजिल्यान्डका बलरहरू हाबी हुँदा इंग्ल्यान्ड हार नजिक 

Published

on

घरेलु टोली इंग्ल्यान्ड न्युजिल्यान्ड विरूद्धको दोश्रो तथा अन्तिम टेस्टमा हार नजिक पुगेको छ ।

पहिलो पारीको आधारमा ८५ रनले पछि परेको इंग्ल्यान्डले तेश्रो दिनको खेलको समाप्तिमा नौं विकेटको नोक्सानीमा मात्र १२२ रन बनाउन सकेको छ भने ३७ रनको मात्र अग्रता कायम गर्न सफल भएको छ । टेस्ट जोगाउने हो भने उसको अन्तिम विकेटले पुरै दिन ब्याटिङ गर्न पर्ने हुन्छ ।

न्युजिल्यान्डलाई जित तर्फ उन्मुख गराउने क्रममा म्याट हेनरी र निल वागनरले समान ३-३ विकेट लिए भने एजाज पटेल र ट्रेन्ट बोल्टले क्रमश दुई र एक विकेट आफ्नो नाममा दर्ता गराए । वागनरले १० ओभरमा १८ तथा हेनरीले १२ ओभरमा ३६ रन मात्र खर्चिएका हुन् ।

तेश्रो दिनको खेल तीन विकेटको नोक्सानीमा २२९ रनको अवस्थाबाट सुरु गरेको न्युजिल्यान्डले १५९ रन जोड्दा बाँकी सात विकेट गुमायो भने ८५ रनको अग्रता लिन सफल भयो ।  

अघिल्लो दिन ४६ रनमा अविजित रहेका रस टेलरले १३९ बलको सामना गर्दै ११ चौकाको मद्दतमा ८० रन जोडेर आउट भए भने विकेट किपर ब्याट्सम्यान टम ब्लनडेलले पनि ३४ रनको योगदान दिए ।

इंग्ल्यान्डका स्टुवार्ट ब्रोडले सर्वाधिक चार विकेट हात पारे भने मार्क उड र ओली स्टोनले समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए ।

इंग्ल्यान्डले पहिलो पारीमा ३०३ रन बनाएको थियो ।

दुई टेस्टको शृंखला ०-० को अवस्थामा रहेको छ । लर्ड्समा सम्पन्न पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।    

  

 

 

      

 

Click to comment

Trending