Headline

कोपा अमेरिका अघि भेनेजुएलाको १२ खेलाडीमा कोभिड, ब्राजिल विरुद्धको खेल अन्योलमा

Published

on

कोपा अमेरिका खेल्न ब्राजिलिया पुगेको भेनेजुएलाको १२ खेलाडी सहित अफिसियलहरुमा कोरोना भाईरस (कोभिड-१९) पोजेटिभ देखिएको छ । भेनेजुएलाले कोपा अमेरिकाको उत्घाटन खेलमा ब्राजिलसँग खेल्ने तालिका रहेको थियो ।

प्रतियोगिता अघि गरिएको कोभिड प्रशिक्षणमा खेलाडी र अफिसियलहरुमा कोभिड पोजेटिभ देखिए पछि ब्राजिल विरुद्धको खेल भने अन्योलमा परेको छ ।

दक्षिण अमेरिकी फुटबल संघ (कोनमेबोल)ले पोजेटिभ देखिएका खेलाडी र अफिसियलहरुलाई छुट्टै होटेलमा लगेर आईसोलेन्सनमा राखेको जनाएको छ ।

“हामीले अरु खेलाडीहरुलाई असर नपरोस भनेरै पोजेटिभ देखिनेहरुलाई आईसोलेनमा रखेका छौँ र उनीहरुको नियमित हेरचाह भैरहेको छ।” कोनमेबोलले एक बिज्ञप्तीमा भनेको छ ।

कोरोना भाईरसका कारण एक वर्ष पछि हुन लागेको कोपा अमेरिका पहिले पनि विवादमा परेको थियो । कोरोना भाईरसका कारण अर्जेन्टिनाबाट ब्राजिलमा सारीएको कोपा अमेरिकाको चर्को विरोध हुँदै आएको छ ।

भेनेजुएलाले कोपा अमेरिकाको उत्घाटन खेलमा ब्राजिलियाको माने गेररिन्चा रङशालामा ब्राजिलसँग खेल्ने तालिका रहेको छ ।

Click to comment

Trending