Headline

खेलाडीको आग्रह अनुसार हुने भयो डेनमार्क र फिनल्याण्डको स्थगित खेल

Published

on

युरो कप अन्तर्गत दिनको दोस्रो खेलमा फिनल्याण्ड र डेनमार्क भिड्दै गर्दा डेनिस खेलाडी क्रिश्चियन ऐरिक्सन मैदानमा अचेत अवस्थामा ढले पछि तनावको स्थिति सृजना हुँँदा रोकिएको खेल हुने भएको छ ।

युएफाको अनुसार दुवै टोलीका खेलाडीहरुको अनुसार खेल हुने भएको हो । खेल नेपाली समय अनुसार १२:१५ बजे सुरु हुने छ । भने हाफ टाइम अघी रोक्किएको चार मिनेट देखी खेल खेलाइने छ । हाफ टाइममा पाँच मिनेटको बिश्राम हुने छ ।

एरिकसनको स्थानमा डेनमार्कले नयाँ खेलाडीलाई मैदान छिराउने छ । खेलमा हाल कुनै गोल भएको छैन । डेनमार्कको लगतारको प्रयासलाई फिनल्याण्डका गोलरक्षक लुकास हार्डडिकीले जोगाइरहेका छन् ।

एरिकसनको अवस्था अहिले सामान्य भएको र उनले आफ्नो बुवासँग कुरा गरेको डेनिस मिडियाहरुले लेखेका छन्

 

 

 

Click to comment

Trending