Headline

युरो कपः होशमा आए एरिक्सन

Published

on

युरो कप अन्तर्गत फिनल्याण्ड बिरुद्धको खेलमा मैदानमै अचेत अवस्थामा ढलेका डेनिस स्टार क्रिष्चियन एरिक्सन होशमा आएको र उनको अवस्था स्थिर रहेको छ ।

एरिक्सन शनिबारको खेलको ४२ औं मिनेटमा अचानक ढलेका थिए । उनलाई मैदानमै आकस्मिक उपचार दिदै ४० मिनेटपछि अस्पताल लगिएको थियो। कापनहेगनको घरेलु मैदानमा स्तब्ध डेनमार्क र फिनल्याण्डका समर्थकहरुले उनको लागि प्रार्थना गरिरहेका थिए ।

म्याच अफिसियलहरुले मेडिकल एमर्जेन्सी भन्दै खेललाई स्थागित गरेका थिए । डेनमार्क फुटबल संघले एरिक्सेन होशमा आएको बताएको छ । “त्रिष्चियन एरिक्सन उठिसकेका छन् र अब अझै परिक्षणहरु गर्नको लागि अस्पताल लगिएको छ । खेल हालको लागि स्थगित गरिएको छ,” डेनिस फुटबल संघको बिज्ञप्तिमा भनिएको छ ।

Click to comment

Trending